शुक्रबार, चैत्र १६, २०८०

अंकललेनै ८ बर्षिय बालिकाको बलात्कार गरेपछि….

 आर्थिक अभावका कारण् चितवन बाट दिल्ली आएका पिडितका बाबा खांडी मुलुक कमाउन गएको मौकाछोपी ८ बर्षे छोरीको जिउदो लास बनेको शरीर देखेर उनकी आमाको अवस्था कस्तो बनेको होला ?  त्यो पनि आफ्नै आफन्तीबाट  

वलात्कारी पुरन दमाई

गोविन्द पोख्रेल/ नयाँ दिल्ली श्रावण २८,    मेघौली ५ चितवन बस्ने ४० बर्षे पुरन बहादुर दमाईले हजुर बा हु भनेर बालिकालाई स्कुलबाट ओखलाको जंगलमा लगेर बलात्कार गरी मरी भनेर सेउलाले छोपेर फरार भएको दिल्लीस्थित हाम्रा समाचारदाताले जनाएको छ । स्थानीय प्रहरीलाई उदृत गर्दै प्राप्त समाचार स्थानीय स्कुलमा पढ्दै गरेकी नातामा आफ्नी भतिजी पर्ने ८ वर्षिय अवोध वालिकालाई   हजुरबा हु भेट्न आएको भन्दै  स्कुलबाट ओखलाको जंगलमा लगेर बलात्कार गरी मरी भनेर सेउलाले च्यापेर फरार भएको बुझिएको छ ।

त्यस्तै यसबाट पुरनले दुष्कर्म सहित हत्या गर्न खोजेको कुरा पनि जानकारीमा आएको हो। अपराधी ले बच्ची मरी भन्ने नै सोचेर भागेको हुन सक्ने प्रत्यक्षदर्शीहरूको भनाई रहेको समाचारमा उल्लृख गरिएको छ। साथै जंगल मा दाउरा खोज्न गएका स्थानीयले उसको शरीरबाट बगेको खुनको लतपत देखेर उद्धार गरेका हुन। ति बालिका अहिले उपचार्राथ ट्रमा सेन्टर सफ्दरजंगमा आफ्नो जीवन र मरण संग संघर्ष गरीरहेकी छिन। जानकारहरूका अनुसार बच्ने कमै सम्भावना रहेको तर स्वाँस छनजेल आश भने जस्तो उनको उपचार चलिरहेको बुझिएको छ। घटनाविवरण अनुसार बच्चीकी आमासंगको रिसवीका कारण पुरनले यस्तो हर्कत गरे पनि समाचारमा उल्लेख गरिएको छ ।

अखिल भारत नेपाली एकता मञ्चका प्रतिनिधी आर.बि खड्काले विशेष जानकारी गराउदै भने, पुरन बहादुर दमाई फरार भएको हुदा स्थानीय प्रहरीले उसको छोरा लाई हिरासतमा राखेको छ।  पुरन दमाईलाई खोजी गर्न प्रहरी टोली नेपाल परिचालित गरिएको पनि उनले जानकारी गराए। त्यस्तै खड्काका अनुसार घटनाको सचित्र विवरण नेपाली राजदुतावासलाई जानकारी गराईएको छ। तर दुताबास मौन रहेको उनको गुनासो रहेको थियो। हामी पुन एक पटक दुतावासको ढोका ढकढकाउन जादैछौ, उनले थपे घटनाको जानकारी पाएपछी समाजसेवी सुपा देउराली टुर एण्ड ट्रावल्सका अध्यक्ष हरी भट्टराई पनि उद्धारमा खटिएको कुरा पनि खड्काले जानकारी दिदै दिल्ली पुलिसले अपराधीलाई जानकारी दिने लाई रू। २५ हजार इनाम राखेको बताए। उता प्रहरी प्रशासनले कलोनीमा कडा निगरानी राख्दै कसैलाई पनि बाहिर निस्किन नदिएपछि हर्केश नगर एरिया अहिले तनाबग्रस्त बनेको बताईएको छ ।