अनुप प्रधान /श्रावण २८, ज्ञानमाला भजन खलःले भिक्षु अश्वघोषको ८९औँ जन्मदिनको अवसरमा आज राजधानीमा एक विशेष कार्यक्रमकावीच आज अभिनन्दन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डल भिक्षु अश्वघोषलाइ अभिनन्दन गर्दै मुलुकमा जनताको संविधान जारी हुन गईरहेको अभिव्यक्ति दिदै सम्पूर्ण जाति तथा समुदायका धर्म संस्कृतिलाई संरक्षण गर्नु आजको आवश्यकता भएको बताउँनु भएको थियो ।
त्यस्तै कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु ञानपूर्णिक, भिक्षु आनन्द, भिक्षु कौडण्यलगायतले वक्ताले मानवकल्याणका लागि बौद्ध शिक्षा र साहित्य आफैमा महत्वपूर्ण रहेकोले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको उक्त कार्यक्रमा अभिनन्दित भिक्षु अश्वघोषले मुलुकमा शान्ति तथा स्थायित्व कायम गर्न बुद्ध शिक्षाको महत्व रहेको बताउँनु भएको थियो ।