आइतवार, जेष्ठ १४, २०८०

३ हप्ताका लागि दाङ दङ्गाग्रस्त क्षेत्र घोषित

हिंसात्मक वा विध्वंसात्मक कार्य गरेको देखे सुरक्षाकर्मीलाई गोली प्रहार गर्न आदेश

काठमाडौं भाद्र ७,  जिल्ला सुरक्षा समितिको बैठकले त्यस क्षेत्रमा सिर्जित तनावको स्थितीलाई दृष्टिगत गर्दै सोमवार ८ बजेदेखि तीन साता अर्थात भाद्र २२ गते सम्मका लागि दङ्गाग्रस्त जिल्ला घोषणा गरिएको छ ।  घोषित दङ्गाग्रस्त क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा बैठक, प्रदर्शन, पोस्टर, पर्चा लेख्न वा टाँस्न निषेध गरिएको छ । निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने तथा हिंसात्मक वा images (10)विध्वंसात्मक कार्य गरेको देख्नेबित्तिकै सुरक्षाकर्मीले गोली प्रहार गर्न सक्ने आदेश रहेको हुन्छ ।

पूर्वमा रामपुर गाविस भवनदेखि पश्चिमतर्फ घोराही नगरपालिकासँग जोडिएको लक्ष्मीपुर गाविस, घोराही नगरपालिका र सोको एक किमी आसपासका क्षेत्र, तुलसीपुर नगरपालिका र सोको एक किमी आसपासका क्षेत्र तथा घोराही–तुलसीपुर सडक खण्डबीचको क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैवीच सोमवार बसेको राष्ट्रिय  सुरक्षा समितिको बैठकले आवश्यकता अनुसार सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई आदेश दिएपछि   बैठकले  दाङ्मा  टिकापुर लगायतका तनावग्रस्त क्षेत्रमा   सेना परिचालन गर्न आदेश दिएको  र सोहि आदेश अनुरुप  दाङ्मा सेना परिचालन भएको अपुष्ट खबर पनि  प्राप्त भएका  छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु