काठमाडौं श्रावण २७, आध्यात्मिक गुरु श्री १००८ कालिदास बाबाले आगामस् १५ अगस्त टुडिखेलमा हिन्दुराष्ट्र नेपालको पक्षमा सम्बोधन गर्ने भएका छन् । कालिका साधना आश्रम नेपालको आयोजनामा हुने उक्त कार्यक्रममा भारतीय कुटनीतिका सिद्धहस्त व्यक्ति ई. विष्णु प्रसाद बरालको पनि उपस्थिती रहने प्राप्त समाचारमा उल्लेख ग
रिएको छ । त्यस्तै समाचारमा नेपाललाई हिन्दुराष्ट्र घोषित गरिनु पर्ने मागसहित संघीयतको विरोधमा यसकिसिमको कार्यक्रमको आयोजना गर्न लागेको जानकारी प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै समाचारमा त्यसअवसरमा बाबाले अखण्ड हिन्दु राष्ट्रको पक्षमा आफ्ना विचार अभिव्यक्त गर्ने विशेष तयारी रहेको दिल्लीस्थित हाम्रा सहकर्मी एवम् नेपाल आवाज दैनिकका सम्पादक लोकेश शाहले जनाएको छ ।
त्यस्तै हिन्दुहरुको पहिचानको रुपमा हिन्दु राज्य नेपाललाई षडयन्त्रपूर्ण रुपमा धर्म निरपेक्ष घोषित गरिएकोमा उनले असहमति प्रकट गरेका छन् । ९० प्रतिशत हिन्दु र बौद्धका साथै मुस्लिम समुदयाले समेत नेपाल हिन्दुराष्ट्र हुनु पर्ने मांग गरिरहेका बेला पनि आफ्नो स्वार्थपूर्तिका लागि केहि व्यक्ति वा नेताहरुको समूह मिलेर नियोजितरुपमा मुलुकलाई धर्मनिरपेक्ष बनाइएकोमा तत्काल गल्ति सच्चाउनु पर्नेमा वावाको जोड रहेको सहकर्मी शाहले जनाएको छ । साथै भोलिको दिनमा हिन्दु राज्यको लागि जनता सडकमा उर्लिए यसवीचमा उत्पन्न हुने परिस्थ्तिीको जिम्मेवार सरकार हुनुपर्ने उनको भनाई रहेको बुझिएको छ ।