मङ्लबार, जेष्ठ २३, २०८०

सुर्खेत घटनाका मृतकका परिवारलाई १० लाख र घाइतेको निःशुल्क उपचार: उपप्रम गौतम

काठमाडौ श्रावण ३२,  ६ प्रदेशको सीमाङ्कनप्रति असहमति जनाउँदै गत श्रावण २५ गते सुर्खेतमा भएको प्रदर्शनको क्रममा प्रहरीले गोलीचलाउँदा मृत्यु वरण गरेका मृतकका परिवारलाई रु १० लाख क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गर्ने व्यवस्था सरकारले मिलाएको bamdev-gautam1जानकारी दिनु भएको छ ।  व्यवस्थापिका संसद्को आजको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुर्खेतको अवस्था सामान्य बन्दै गएको र सरकार शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
त्यस्तै उपप्रधान तथा गृहमन्त्री गौतमले गत विहीवार राति ९ बजे कास्की नगरपालिका–१३ मा रामजी पौडेल बादलमाथि साङ्घातिक आक्रमण गरेको आशङ्कामा राजु रानाभाट र राजेन्द्रमणि लामिछानेलाई नियन्त्रणमा लिइएको र त्यस्तैगरि श्रावण २९ गते राप्रपा नेपालका अध्यक्ष कमल थापा नेतृत्वका् जुलुसले सवारी साधनमा ढुङ्गामुढा गर्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले बाध्य भई बल प्रयोग गर्नुपरेको ुंसदलाई सदनलाई जानकारी दिनुभएको छ।

आजको छलफलमा सभासदहरु दीनानाथ गिरी ललितजङ्ग शाही, बलाराम अधिकारी रामकृष्ण यादव लालबहादुर राउत, डिल्लीराज काफ्ले कल्पना चौधरी प्रेमबहादुर सिंह विदुर सापकोटा लगायतले छलफलमा माग लिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु