
काठमाडौ श्रावण ३२, नेपाल पत्रकार महासंघले महासंघका पूर्वउपसभापतिसमेत रहेका साघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई उक्त पत्रिकामा प्रकाशित समाचारको सवालमा विद्युतिय कारोवारसम्बन्धी ऐनको दुरुपयोग गरी घर खानतलासी गर्नुका साथै पक्राउ गर्न खोजिएका प्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव उजिर मगरद्दारा जारी विज्ञप्तिमा साँघु साप्ताहिकमा प्रकाशित एक समाचारका विषयमा विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीका निम्ति महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौँमा जाहेरी दर्ता भएको भन्दै प्रहरीले पूर्वाग्रही रुपमा प्रकाशित वा प्रशारित सामग्रीप्रति कसैलाई चित्त नबुझे पत्रकार आचारसंहिताको विषय भए प्रेस काउन्सिल र अन्य कानुन उल्लंघनको विषय भए सम्बन्धित कानुनबमोजिम अदालतमा उपचार खोज्न सकिनेमा अवस्था विद्यमान रहेको अवस्थामा असम्बन्धित कानुन आकर्षित गरी पत्रकारलाई हतोत्साहित गर्ने कार्यलाई बढावा दिएकोमा महासंघले घोर आपत्ति प्रकट गर्दै प्रस्तुत प्रसंगमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।