काठमाडौं श्रावण ३०, अटिजम भएका वालवालिकाको क्षेत्रमा क्रियाशील संस्था एसएसडिआसीद्दारा युकेमा स्थायी बसोबास गर्दै आएकी समाजसेवी इशा गुरुङलाई एक कार्यक्रमकावीच सम्मान गरेको छ । दीन दुखी, बिरामी , अपांगता तथा पिछडिएका ब्यक्तिको
सहयोगमा मन,वचन र कर्मले समर्पित समाजसेवी गुरुङलाई संस्थाका कार्यकारी निर्देशक सबिता उप्रेतीले सम्मानित गर्नु भएको हो ।
त्यस्तै कार्यक्रममा दिईएको जानकारी अनुसार समाजसेवी गुरुङले प्रवासमा रहेर पनि आफुले मात्र नभएर सामाजीक संजाल ?(फेसबूक)बाट आर्थिक संकलन अभियान चलाउँदै विभिन्न समाजिक संस्था, भुकम्पपीडित लगायतलाई सहयोग गर्दै आईरहनु भएको छ । यसैक्रममा उहाँले अटिजम भएका बालबालिकाहरुलाई शिक्षा ,स्वस्थ्य र पुनःस्थापनाका लागि भन्दै एसएसडिआसीलाई पनि रु बीस हजार सहयोग गर्नु भएको थियो