बिहिबार, जेष्ठ १८, २०८०

सभासद् अमरेशकुमार लाई पार्टीको २४ घण्टे स्पष्टीकरण

अमरेशले एकपछि अर्को गर्दै किन विवादास्पद अभिव्यक्ति दिए ?को हो अमरेशकुमार ? आज जनजनको प्रश्न हो यो काँग्रेसलाई

काठमाडौ भाद्र ९,  कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पु-याउने गरी अभिव्यक्ति दिएको भन्दै नेपाली काँग्रेसले सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । काँग्रेसको अनुशासन समितिले सभासद् सिंहको अभिव्यक्ति यत्रतत्र सर्वत्र amresh-kumarआलोचना भएपछि सभासद् सिंहलाई स्पष्टीकरण सोधिएको बुझिएको छ ।

त्यसो त कांग्रेसका सभासद भएर पनि उल्टै काँग्रेस विरुद्ध विष वमन गर्ने व्यक्तिका रुपमा चिनिएका सिहंले यसअघि पनि विभिन्न विवादास्पद अभिव्यक्ति नदिएका भने होइनन ।

यद्यपी उनको पछिल्लो अभिव्यक्ति भने निकै विवादास्पद बनेको छ । फलस्वरुप काँग्रेसले २४ २४ घण्टे स्पष्टीकरण सोध्न बाध्य पारेको एक काँग्रेस नेताले जानकारी दिएका छन ।

त्यस्तै २४ घण्टे स्पष्टीकरणसंगै देशको हरेक प्रसंगमा आफ्नो सहभागिता जरुरी रहने भनी खुल्लम खुल्ला अभिव्यक्ति दिने अमरेश खास पार्टीका कुन हैसियतका नेता हुन् त्यो जबाफ पनि कांग्रेस नेतृत्वले दिनुपनुपर्ने जिकिर पनि ति नेताले गरेका छन । अभिव्यक्ति स्वतन्त्रता आवश्यक छ तर लोकतन्त्रको नाममा छाडातन्त्र कदापि स्वीकार्य हुन सक्दैन  भन्दै यस अघि पनि व्यवस्थापिका संसदको बैठकमा स्वायत्त मधेस प्रदेश नदिए तराइमा नयाँ देश जन्मिन्छ’ भनी दिएको अभिव्यक्तिप्रति विभिन्न दलका सांसदहरुले तीव्र आपत्ति जनाएका थिए ।

एमाले सांसद प्रकाश ज्वाला, कांग्रेस सांसद रामहरि खतिवडा, नेपाल मजदुर किसान पार्टीकी राधा थापागरलगायतले ‘देश टुक्र्याउने धम्की दिने’ सिंहलाई तत्काल कारबाही गर्न बैठकमानै माग गरेका थिए भने सांसद ज्वालाले सत्तारुढ दलकै केन्द्रीय सदस्य र सांसदहरुबाट देश टुक्र्याउने अभिव्यक्ति आएको सम्बन्धमा सभामखुको ध्यानाकर्षण समेत गराएका थिए ।  कांग्रेस नेतृत्वको मौनताका कारण नै आज अमरेशले एकपछि अर्को गर्दै विवादास्पद अभिव्यक्ति दिएका हो त को हो अमरेशकुमार आज जनजनको प्रश्न हो यो काँग्रेसलाई ।