काठमाडौ श्रावण २०, विश्व हिन्दू महासंघ राष्ट्रिय समिति नेपाल, ज्योतिष परिषद, नेपाल पुरोहित संघ, राष्ट्रिय धर्म सभा नेपाल लगायत
विभिन्न १३३ वटा धार्मीक संघ मिलेर बनेको सनातन हिन्दू मोर्चाले आज संविधानमसभा घेराउ गर्ने जनाएको छ ।
सनातन हिन्दू राष्ट्र कायम गर्नु पर्ने, धर्म परिवर्तनलाई दण्डनीय बनाउनु पर्ने, पाँच विकास क्षेत्रलाई शसक्त र सबलबनाउनु पर्ने र गोवंशको रक्षा गर्ने कडाकानूनी व्यवस्था गर्नु पर्ने लगायतका माग राखी चरणवद्धरुपमा आन्दोलन गर्न लागेको सो मार्चाका प्रवक्ता पुष्पराज पुरुषले जानकारी दिदै आन्दोलनको क्रममा दमन भए शसक्त प्रतिकार गर्ने उनले बताउँनु भएको छ ।
त्यस्तै राजधानीको तिनकुनेबाट बाजा गाजा सहितको ¥याली शुरु हुने र संविधानसभा घेराउ गरी कार्यक्रमको अन्त्य गर्ने तयारी रहेको जनाएको छ । यसअघि काँग्रेस न्ता खुमबहादुर खड्का नेतृत्वको हिन्दू अभियानले पनि संविधानसभा अघाडि प्रदर्शन गरेको थियो ।