नेत्री मङ्गलादेवी सिंहको १९ औ स्मृति दिवस:
काठमाडौ भाद्र १०, नेपालको प्रजातान्त्रिक आन्दोलनकी योद्वा नेत्री स्वर्गीय मङ्गलादेवी सिंहको १९ औ स्मृति दिवसको अवसरमा आज
बिहान शोभाभगवतीमा रहेको स्व सिंहको शालिकमा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले माल्यार्पण गर्नुभएको हो । स्व सिंहले नेपाली महिलालाई जहानियाँ राणाशासन र निरङ्कुश पञ्चायती व्यवस्थाको विरुद्ध सम्पूर्ण महिलालाई गोेलबन्द गरी आधा शताब्दी भन्दा लामो लामो राजनीतिक यात्रामा अनेकौँ क्रान्ति तथा आन्दोलनमा होमिनु भएको थियो ।
नेपाल महिला सङ्घ काठमाडौँको संयोजनमा राजधानीको कामपा वडा न १५ स्थित शोभाभगवती मन्दिर पसिरमा आयोजित एक कार्यक्रमका वीच उपप्रम सिहंले नेत्री सिंहले जीवनकालमा निर्वाह गर्नुभएको प्रजातान्त्रिक आन्दोलन र पुनः स्थापनामा खेलेकोे भूमिकाबारे प्रकास पार्नु भएको थियो । त्यस्तै काँग्रेसका महामन्त्री समेत रहनुभएका सिंहले पार्टीको महाधिवेशनभन्दा जनताको चाहनालाई सिरोपर गर्दै पार्टीले संविधानलाई बढी प्राथमिकता दिएको बताउँदै संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका दलहरुसँग वार्ताका लागि पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले प्रक्रिया सुरु गरिसक्नु भएको बताउँदै वार्ताकै माध्यमबाट संविधान निर्माण गरिने भन्दै सबै दललाई वार्तामा आउन आग्रह गर्दै बढीभन्दा बढी दलको सहकार्यमा संविधान निर्माण गरिने बताउँनु भएको थियो । कार्यक्रममा सङ्घकी अध्यक्ष विष्णुदेवी पुडासैनी लगायतका वक्ताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्वा नेत्री स्वर्गीय मङ्गलादेवी सिंहको स्मरणमामा अभिव्यक्ति दिनु भएको थियो ।