आइतवार, जेष्ठ १४, २०८०

संविधानको परिमार्जित विधेयकमाथि तीन संशोधन प्रस्ताव दर्ता

राजमु पार्टीको नेपालको राष्ट्रिय झन्डा परिवर्तन गर्नुपर्ने प्रस्ताव

Sambidhan

काठमाडौ भाद्र १४,  नेपालको संविधान, २०७२ को परिमार्जित विधेयक माथि संशोधन प्रस्ताव दर्ता गराउन आव्हान भएअनुरुप निर्धारित मितिको पहिलो दिन आज राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र समाजवादी जनता पार्टीले अलग अलग तीनवटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

images (12)
राष्ट्रिय जनमुक्ति पार्टीको झण्डा

आज दर्ता गरिएको संशोधन प्रस्ताव अन्र्तगत राप्रपाले धर्म निरपेक्षता हटाएर सनातन धर्म उल्लेख गर्नुपर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गरेको छ भने राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकले नेपालको राष्ट्रिय झन्डा परिवर्तन गर्नुपर्ने, राष्ट्रिय जनावर गैँडा राख्नुपर्ने, नागरिकता प्रदान गर्ने प्रावधानमा आमा र बाबु भनेको स्थानमा आमा बाबु उल्लेख गर्नुपर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गराएको छ ।

त्यस्तैगरि समाजवादी जनता पार्टीले धर्म निरपेक्षता हटाउनुपर्ने, भाषा, धर्म, लिपिलगायत विषयमा प्रस्ट अवधारणा आउनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएको छ ।ं संविधान सभा सचिवालयलृ जनाएको छ ।  संविधानसभाले यही भाद्र १९ गतेसम्म संविधानको परिमार्जित मस्यौदामाथि संशोधन प्रस्ताव दर्ता गराउन सभासद् तथा राजनीतिक दललाई समयसीमा प्रदान गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु