आयो टप्प टिप्यो लग्यो मिति टारेर टर्दैन त्यो
ईन्दै विन्ति गरुन झुकेर पाउमा त्यो विन्ति सुन्दैन त्यो
काठमाडौं श्रावण १७, नेपाल मैथिल ब्राम्हण समाजका संरक्षक स्व विनोद वझाको स्मृतिमा आज समाजले श्रद्धान्जली सभाको आयोजना
गरेको छ । प्रवासमा रहेर समाजको उन्नयनका लागि विगत लामो समय देखि अथक योगदान गर्दै आएका वझाको अल्पायु अर्थात ४८औ वसन्तमा फ्रान्समा असामयिक निधन भएको थियो ।
ललितपुर निवासी स्व वझा प्रति संस्थागत रुपमा श्रद्धान्जली प्रकट गर्न शनिवार आयोजना गरेको उक्त सभामा समाजका पूर्व अध्यक्षद्दय गुरुदत्त मिश्र, तेजराम झा, संरक्षक सदस्यद्दय पूर्व राजदुत केशवराज झा, भक्तराम वझा ,त्यस्तै गरि नरेन्द्र मिश्र, उज्जवल झा, लक्ष्मीगोपाल झा लगायतका वक्ताहरुले श्रद्दासुमन सहितका अभिव्यक्ति प्रकट गर्नु भएको थियो । समाजका उपाध्यक्ष अर्जुन प्रसाद मिश्रले स्वागत सद्भाव अभिव्यक्त गर्नु भएको उक्त सभा समाजका अध्यक्ष माधव मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो । संरक्षक सद्यस्य वझाका आमा, श्रीमती र दईजना बालबच्चा रहेका छन ।