विशेष समिति बैठक:
काठमाडौ श्रावण १८, संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको शीर्ष नेता सम्मिलित विशेष समितिको बैठकमा संविधानको पहिलो मस्यौदामा जनताले दिएका राय सुझावका आधारमा श्रावण महिनाभित्र नयाँ संविधान ल्याउने गरी नै गम्भीर रुपमा छलफल भइरहेको नेताहरूले बताउनुभएको छ ।
बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बाहिर चर्चामा आएको ‘संविधान नबन्ने भयो’ भन्ने जस्ता हल्लाको पछि नलाग्न आग्रह गर्दै सकेसम्म आजै र ढिलोमा भोलि साँझसम्ममा संविधानसभामा प्रतिवेदन पठाउने गरी गम्भीर र सकारात्मक छलफल भइरहेको जानकारी दिनु भएको हो ।
त्यस्तै समितिका सभापति डा बाबुराम भट्टराईले सहमतिका लागि प्रयास भईरहेको बताउँदै सहमति भाँडियो उो भन्ने जस्ता समाचार बाहिर आएकोमा गुनासो गर्दै लाखौँ जनताले दिएका सुझावलाई मस्यौदामा कसरी प्रवेश गरी परिमार्जन गर्ने भनेर शीर्ष नेतावीच छलफल भईरहेको जानकारी दिनु भएको छ भने काँग्रेका सहमहामन्त्री पूर्णबहादुर खड्काले पनि छलफल सकारात्मक भएको र चाँडो संविधानसभामा प्रतिवेदन पठाउने गरी गृहकार्य भइरहेको जानकारी बताउँनु भएको छ ।