सोमवार, असार २०, २०७९

राष्ट्रपतिद्वारा बोक्सीको आरोप (कसुर र सजाय) ऐन प्रमाणीकरण

काठमाडौ श्रावण १८, राष्ट्रपति डा रामवरण यादवले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति rambaran1कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले आज एक विज्ञप्ति प्रकाशन गरी राष्ट्रपतिबाट सो ऐन प्रमाणीकरण भएको आज जारी प्रेस विज्ञप्तिमा जानकारी दिनुभएको हो । उल्लेख गरेका छन ।  व्यवस्थापिका–संसद्ले यही साउन १६ गते बोक्सी आरोप लगाएर शारीरिक र मानसिक यातना दिनेलाई कडा सजाय दिने गरी तयार गरिएको सो ऐन पारित गरेको थियो । संसदमा व्यापक छलफलपछि सो ऐन पारित भएको थियो ।

परित ऐनमा धामी झाँक्री, टुनामुना, तन्त्रमन्त्र र झारफुकको माध्यमबाट बोक्सीको आरोप लगाउनेलाई सात वर्षसम्म कैद र रु ७० हजार जरिवाना हुने नयाँ ऐनमा व्यवस्था गरिएको छ । बोक्सी आरोपमा सामाजिक बहिष्कार गरेर पीडित बसेको स्थानबाट निकाला गर्नेलाई पाँच वर्ष कैद र रु ५० हजार जरिवाना हुनेछ । त्यस्तै प्रस्तुत ऐनले बोक्सी आरोपमा कुटपिट गर्ने, डाम्ने, पोल्ने वा रासायनिक, बिषालु वा जैविक पदार्थको प्रहार गर्न नपाउने व्यवस्था गरेको छ भने यातना दिएको प्रमाणित भए १० वर्ष कैद र रु एक लाख जरिवाना, अपमानजनक व्यवहार गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र रु ३० हजार जरिवाना, निकाला गर्नेलाई पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना, धामी झाँक्रीको माध्यमबाट आरोप लगाउनेलाई सात वर्ष कैद र रु ७० हजार जरिवाना, प्रहरी अनुसन्धानमा दखल दिन खोजे रु ३० हजार जरिवाना र तीन महिना कैद र बोक्सीको आरोपमा यातना दिने व्यक्तिलाई उक्साउनेलाई समेत सजायको व्यवस्था गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु