काठमाडौ भाद्र १, राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले आज राजधानीमा पत्रकार सम्मेलन गरेर संविधान सभाबाट अलग्गिएको घोषणा गरेको छ । पत्रकार सम्मेलन नेता महतोले विगतको सहमति सम्झौता अनुसार संविधान नबन्ने निश्चित भएको भन्दै उसले निरिह
साक्षी किनाराका रुपमा मात्र संविधानसभामा बस्नुको औचित्य नभएको भन्दै केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम आफ्नो पार्टीको तर्फबाट संविधानसभामा १ प्रत्यक्ष र ५ समानुपातिक सभासद अलग्गिएको जानकारी दिएको हो।
पार्टीले आफ्नो केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम हाम्रा लागि संविधानसभामा बस्न औचित्यहीन भइसकेकोले आज यसै समयदेखि सद्भावना पार्टी संसदीय दलले संविधानसभाबाट सामुहिक राजीनामा दिने घोषणा गर्दछ,” पार्टी अध्यक्ष महतो र संसदीय दलका नेता लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । त्यस्तै सद्भावनाका अध्यक्ष महतोले आफ्ना सबै नेता९कार्यकर्ताहरुलाई समेत काठमाडौं छाड्न निर्देशन दिएका छन् ।साथै उनले काठमाडौंमा रहेको केन्द्रीय कार्यालय आन्दोलन सफल नभएसम्मका लागि बन्द गरेको घोषणा समेत गरेका छन ।