अर्जुन खनाल/ दिल्ली श्रावण २२, सेल्फ इम्प्लोएड उमन एसोसिएसन सेवा नामक संस्थाद्वारा भारतको राजधानी दिल्लीको राजिव गांधी हस्तकला भवनमा आयोजना गरिएको नेपालका भुकम्प पीडित महिलाहरुद्वारा निर्मित हस्तकलाको सात दिने मेलाको नेपाली राजदुत दिपकुमार उपाध्यायले शुक्रबार उद्घाटन गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै राजदुत उपाध्यायले सेवाले नेपालका भुकम्पबाट ग्रसित महिलाहरुको निम्ति विभिन्न तालिम दिई आत्मनिर्भर बन्न प्रेरित गरेको बताउनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । कार्यक्रममा भियतनामका राजदुत ,विभिन्न संघ संस्थाका व्यक्तिहरु ,मिडियाकर्मीको उपस्थित रहेको थियो ।
सेवाले विगत केही वर्ष एतादेखि सार्क मुलुकमा काम गर्नेक्रममा करिव छ वर्ष देखि नेपालमा पनि सेवा नेपाल नामबाट महिला हरुलाई आत्मनिर्भर बनाउनको निम्ति विभिन्न कार्यक्रम संग संगै आधारभुत तालिम समेत सञ्चालन गर्दै आएको सेवामा कार्यरत मन्जु छावराले जानकारी दिनु भएको छ ।
साताव्यापी चल्ने मेलाको उद्घाटन सत्रमा नेपालबाट सेवा नेपालमा कार्यरत गुहेश्वरी सुल्लु भक्तपुरबाट पुजा महर्जन ललितपुरबाट ,सुमित्रा बानिया काभ्रेबाट र दुर्गा मास्के नयाँ दिल्ली पुगेको त्यहाँबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।