काठमाडौ भाद्र ४, स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान ३ः३० बजे मृगस्थली आश्रममा निधन भएको छ । तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य समेत रहेका प्रपन्नचार्य पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको किरात जातिको इतिहासलगायत संस्कृतिसम्बन्धी धेरै कृति पनि प्रकाशित छन् ।