बिहिबार, मंसिर १४, २०८०
Dashain

मस्यौदालाई अन्तिम रूप दिन शीर्ष नेता व्यस्त

काठमाडौ श्रावण २१,  संविधानको मस्यौदामाथि जनताले दिएका सुझावलाई अन्तिम रूप दिन प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरू आज पनि जुटिरहनुभएको छ ।  संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिमा कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका अतिरिक्त प्रदेशको सङ्ख्या, प्रदेशका सीमाङ्कन जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही अहिले चार दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भइरहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी रहनुभएको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु