काठमाडौ भाद्र १३, पार्टीको आसन्न १३ औँ महाधिवेशन लगायतका प्रसंगमा नितिगत निर्णय गर्न नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आगामी मङ्गलबार बस्ने भएको छ । त्यस्तै मङ्गलबार बस्ने बैठकमा १३ औँ महाधिवेशनको एजेन्दाको अवाला संविधान निर्माणका लागि प्रस्तावित सीमाङ्कनका कारण मुलुकमा सिर्जना भएको आन्दोलन र विवादास्पद अभिव्यक्तिका लागि २४ घण्टे स्पष्टिकरण पत्र काटिएका सभासद् अमरेशकुमार सिंहको सवालमा समेत छलफल हुने सम्वद्धस्रोतले जनाएको छ ।