काठमाडौ भाद्र २, व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले भाद्र १ गते अर्थात मंगलवार सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले प्रदर्शनको नाममा सुरक्षाकर्मीमाथि नै प्रहार गर्न थालेपछि बाध्य भई
आत्मरक्षाका लागि गोली चलाउँनु परेको दिनुभएको हो ।
आन्दोलनकारीलाई प्रहरीले बारम्बार शान्ति सुरक्षामा खलल हुन नदिन आग्रह गरेपनि प्रदशैनकारील् नियोजितरुपमा प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि बाध्य भई स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको उहाँको कथन प्रस्तुत गर्दै यसवीचमा प्रहरीले गोली चलाउँदा घाइते भएका २४ वर्षीय राजीव राउतको उपचारका क्रममा मृत्यु भएको जिकिर गर्नु भएको छ ।
यसैवीचभारदहमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि मङ्गलबार स्थिती शान्त पार्ने नाममा राज्यले त्यस क्षेत्रमा जारी गरेको कफ्र्यु आदेशको समय सिमा सकिनासाथ त्यहाँको स्थिती झनै तानाव ग्रस्त भएको समाचार प्राप्त भएको छ । यसक्रममा प्रदर्शनकारीले स्थायी प्रहरी बिटमा आगो लगाउनुको अलावा पूर्वपश्चिम राजमार्गमा गुडीरहेको स ४ प ७९३८ नम्बरको पल्सर मोटरसाइकलमा समेत आगजनी गरेको प्राप्त समाचार उल्लेख गरिएको छ ।