मङ्लबार, जेष्ठ २३, २०८०

बन्दमा बालबालिकाको प्रयोग नगर : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौ श्रावण ३२,  आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यका साथ अबोध बालबालिकाको प्रयोग हुनु अत्यन्त दुःखद् भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सङ्घीय प्रदेशको सीमाङ्कनको विषयलाई लिएर जुम्लालगायत विभिन्न जिल्लामा भएको बन्द, 2013-09-16-1379328691हडतालमा बालबालिकाको प्रयोग गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले मंगलवार एक विज्ञप्ति जारी गर्दै शनिबार कर्णाली स्वायत्त प्रदेशको माग राख्दै जुम्लामा कलिला बालबालिकालाई अर्धनग्न अवस्थामा सडकमा उतारेर बन्द, हडतालमा सहभागी बनाउनु बालअधिकार र कानुन विपरीत काम गरेको जनाएको हो ।
धर्ना, विरोध प्रदर्शन, सभालगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भनिए तापनि बालबालिकाको प्रयोग पछिल्लो समय बढ्दै गएको पाइएको छ र अर्धनग्न अवस्थामा शरीरभरि विभिन्न नारा लेखेर बालबालिकालाई सडकमा उतार्ने कार्य बालअधिकार विपरीत भएकाले त्यस्तो कार्य नगराउन बन्दकर्तालाई आयोगले आग्रह गरेको छ । बन्द, हडतालका कार्यक्रममा बालबालिकाको प्रयोग गर्दा हुने जोखिमलाई ध्यानमा राखी बालअधिकार सुनिश्चित गर्न आयोगले सम्बन्धित निकायको ध्यानाकर्षणसमेत विज्ञप्तिमार्फत गरेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु