काठमाडौ श्रावण ३२, संविधानको मस्यौदाप्रति विरोध जनाउँदै नेकपा–माओवादीसहित केही मधेसवादी दल र जनजाति केन्द्रित पार्टीले सं
युक्तरुपमा आह्वान गरेको बन्दको आज द्रोस्रो दिन राजधानीको कालिमाटीमा अज्ञात प्रदर्शनकारीहरुले BR -06P- 3980 न. को बलेरो गाडीमा आगजनी गरि फरार रहेको समाचार प्राप्त भएको छ ।
स्थानीय वासिन्दाका अनसार आगजनाीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको र किन कसले उक्त आगजनी गरेको खुल्न नसकेको बताईएको छ । स्थानीय वासिन्दाको प्रयासमा आगजनीलाई नियन्त्रणमा लिईएको थियो ।
यसैगरी बन्दकर्ताले कालोपुलमा बा१ज ५०८९ नं को पार्किङ गरिराखिएको ट्याक्सीमा आगजनी गरे भने द्वारिका होटलअगाडि बा१ह ३७३० नं को टेम्पोमा आगजनी प्रयास गरेकामा प्रहरीले रोकेको बुझिएको छ ।