दुई वर्ष पहिले पानीको रिफ्लेक्टमा भक्तपुर दरबार क्षेत्र अहिले भूकम्पपछि त्यही पानीको रिफ्लेक्टमा भक्तपुर दरबार स्क्वायरको दृश्य
काठमाडौ, श्रावण १६ फोटोग्राफीमा धैर्य नभए सफलता मिल्दैन भन्ने अभिव्यक्ति सहित एकल फोटो प्रदर्शनीको आठौं संस्करण अन्र्तगत
फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुसीको राजधानीस्थित नेपाल आर्ट ग्यालरीको प्रेक्षालयमा जारी फोटो प्रर्दशनीमा अवलोकनार्थ पुग्ने जो कोहि प्रेक्षालयमा पुगे पछि एक क्षिण टक्क अडिन बाध्य हुन्छन ।
चित्रकारका रुपमा तस्बिरमा रंग संयोजनको कलात्मक शिल्पीको अद्दितिय प्रतिभा समेत बोकेका फोटो पत्रकार लक्ष्मीप्रसादले महाभूकम्पका कारण पारिवारिक सदस्य सवै गुमाएका ५२ वर्षे शेरबहादुर गजराजको फोटो कथा होस वा गत बैशाख १२ को महाविनाशकारी भूकम्पका कारण क्षति ग्रस्त , प्रकृति र सांस्कृतिक सौन्दर्यताको विगत र वर्तमान समेटिएका फोटो नै किन नहोस जुन हेर्दा मननै भक्कानिएर आउँछ । त्यसो त पत्रकार ङाखुसीले प्रदर्शनीका लागि ग्यालरीमा झुन्डिएका तस्बिर बिक्रीको रकम दोलखाको कम्युनिटी आर्ट सेन्टरलाई प्रदान गर्ने महान लक्ष्य सहित राखेका छन ।
राइजिङ थिम बोकेर उनले एक सातामा काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, ललितपुर, पाटन लगायतका ठाउँ घुम्द जे देखिन्छ त्यही खिच्ने मनसायले फोटो संकलनका लागि त्यस क्षेत्रमा पुगेको बताउँदै फोटोपत्रकार ङाखुसीले आफ्नो प्रदर्शनीको सम्बन्धमा हाम्रा संवाददाता अनुप प्रधानसंग संक्षिप्त कुराकानी गर्दै फोटो कथा विधामा प्रस्तुत गरिएको गजराजको फोटो कथाका सवालमा भने हँसिला ती वृद्धको वास्तविकता बझुन् दुई दिन लागेको बताए । त्यसपछि त ‘दुई दिन दुई रातसँगै बिताउँदा फोटो मात्र होइन, उनको जीवनकथा पनि खोतल्न भ्याएँ,’ उनले शेरबहादुरको आरन कुट्दै गरेका विभिन्न अवस्थाका तस्बिर कैद गरेका छन् । दिनभरि आरन कुटेर खान नपुग्ने उनको दैनिकी देखेर लक्ष्मीले फोटो मात्रै खिचेनन् । दृश्यसँगै उनको पूरै कथा डायरीमा नोट गरेका जानकारी समेत दिए ।
त्यसोत एयटा राम्रो तस्बिरको ल्कि गर्नका लागि साढे दुई वर्ष पनि कुर्नु पर्ने भन्द ग्यालरीमा राखेको भक्तपुर दरबार स्क्वायरको तस्बिर र दुई वर्ष पहिले पानीको रिफ्लेक्टमा भक्तपुर दरबार क्षेत्र अहिले भूकम्पपछि त्यही पानीको रिफ्लेक्टमा भक्तपुर दरबार स्क्वायरको दृश्य खिच्न समेत उनले भ्याएका छन । त्यस्तै पहिलेको र अहिलेको वसन्तपुर दरबार स्क्वायरको दृश्य पनि प्रदर्शनीमा ५४ फोटो राखिएका छन् भने शनिबारसम्म चल्ने प्रदर्शनीमा ५ हजारदेखि १० हजार रुपैयाँसम्मका तस्बिरको प्रदर्शनी गरेका छन् ।