कठमाडौं श्रावण २०, गत वैशाख १२ गते गएको महाभूकम्पको क्रममा सिन्धुपाल्चोक जिल्ला कारागारबाट फरार रहेका अभियुक्त धनबहादुर तामाङ पक्राउ परेका छन । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीले तामाङलाई लुकिछिपी बसेको अवस्थामा आज बिहान आफ्नै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार र अभियुक्त तामाङले आफ्नै दाइ शेरबहादुर तामाङलाई खुकुरी प्रहार गरी ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भई पुर्पक्षका लागि थुनामा रहेको प्राीत समाचारमा उल्लेख गरिएको छ ।