मङ्लबार, जेष्ठ २३, २०८०

प्रेस स्वतन्त्रताको खिलाप काँग्रेसले कुनै पनि सम्झौता गर्दैन :नेता केसी

काठमाडौ श्रावण २३, दैनिक पत्रिका राष्ट्रिय सञ्जालको आठौँ वर्षगाँठको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद अर्जुननरसिंह केसीले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भको रुपमा रहेको बताउँदै  ankcप्रेसजगतको मानमर्दन र प्रेस स्वतन्त्रताको खिलाप आफ्नो पार्टीले कुनैपनि हालतमा कुनै पनि अमर्यादित सम्झौता नगर्ने बताउनुभएको छ

त्यस्तै संविधानको प्रारम्भिक मस्यौदामा धेरै कमजोरी रहेको स्विाकार गर्दै नेता केसीले वर्षांैसम्म संविधानको मस्यौदासमेत बनाउन नसकेका बेला आएको यो मस्यौदाले संविधान निर्माणको मार्ग प्रसस्त गरेको बताउँदै मस्यौदामा विधमान यावत कमजोरी निवारणको लागि सार्थक बहस गरिनु पर्नेमा जोड दिनु भएको छ ।

कर्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेकपा (माले) का महासचिव सिपी मैनाली, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा , प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की लगायतका वक्ताले बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु