आइतवार, जेष्ठ २१, २०८०

प्रधानमन्त्री राहत कोषलाई फरवार्डको १० लाख

काठमाडौ भाद्र २, ग्रामीण समुदायको आर्थिक सामाजिक उत्थानमा काम गरिरहेको फरवार्ड (फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था) ले प्रधानमन्त्री राहत कोषमा १० लाख राहत रकम सहयोग गरेको छ । अध्यक्ष भगवती चौधरी लगायत संस्थाका प्रतिनिधि Forward_members_with_PM[1]प्रधानमन्त्री निवास बालुवाटार पुगि आज प्रधानमन्त्री शुशिल कोइरालालाई १० लाख रकमको चेक हस्तान्तरण गरिएको हो ।
बैशाख १२ गते गएको बिनाशकारी भूकम्प पछिको बिपत्तिमा सहयोग गर्नका लागि फरवार्डले सो रकम हस्तान्तरण गरेको पूर्व वनराज्यमन्त्री, पूर्व सभासद एवम् एमाले केन्द्रीय सदस्य समेत रहेकी अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ ।

त्यस अवसरमा राहत रकम बुझ्दै प्रधानमन्त्री कोईरालाले भूकम्प पीडितहरुका लागि संकलित रकमको उचित सदुपयोग हुने आश्वासन दिँदै सहयोगी हातहरुलाई ध न्यबाद दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  फरवार्डले यसअघि पनि भूकम्प प्रभावित क्षेत्रहरुमा राहत वितरण लगायतका बिभिन्न कामहरु गर्दै आएको छ । फरवार्डले धादिङ, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, सुनसरी लगायतका क्षेत्रहरुमा सहयोग गरेको हो । सो क्रममा ११ सय ५० थान त्रिपाल, २ सय ५० बोरा चामल, २५ बोरा चिउरा पीडित परिबारहरुलाई सहयोग गरिएको फरवार्डले जनाएको छ ।