शुक्रबार, मंसिर २३, २०७९

प्रकृति सुन्दर की कुरुप ? 

pen-copy-gift-150x150गिरिसा उपाध्याय /

कुनै पनि शब्द र दृश्यको हेराइ र बुझाई ब्यक्तिको अनुभव र भोगाइमा हुदो रहेछ । आज अखबारका पानाहरु पल्टाइरहदा एकासि मनमा अनेकौ आदहरुको मिश्रित भेलरुपि छालहरु आइरहेकाछन् । आज सम्मको जिवनको भोगाइहरुमा ति तिता तर महत्वपूर्ण भेगाइ र जिवनका जटिल्तालाई केहि दिनको दुर्गम मध्यपश्चिमका ग्रामिण भेगको बसाइले दिएको अनुभवसँग एक पटक दाज्न बाध्य बनाएको छ । अनि ति पिडादायी यथार्थ पूर्ण जिवनको भोगाइमा एकासी बर्ष बिताइ सक्नु भएका एक बृद्ध बा को अनुभवपूर्ण ब्याख्यालाई स्मरण गर्दे तुलनात्मक अध्ययनगर्ने बाध्यतात्मक यथार्थता छ आज हामी सामू । शहरी परिवेशबाट ग्रामिण त्यो पनि दुर्गम भेगमा अध्ययनका लागी पुगेकी म र मेरो टिम हेर्दा अदभुत लाग्ने ति प्राकृतिक दृश्यहरुले हामीलाई लोभ्याइरहेको थियो । ती दृश्यप्रति लालायीत भइरहेका थियौ हामी । एक त काठमाडौको कोलाहालबाट खासै टाढा नगएका हाम्रालागी त्यो नीकै उत्सुकता मिश्रित यात्रा थियो । दिनभरीको हिडाइलाई त्यहाँका झरना , अदभुक्तपूर्ण दृश्यले भरिका आकर्षयुक्त पहाडको हरियाली,खोलाको छङ , छङ आवाज र चराहरुको चिरबिराहाटको मिश्रीत दृश्य र आवाजमा पूर्णरुपले लालाहीत भएका थियौ हामी । हाम्रो त्यही उत्सुकत्ताका बिचमा सुरुभएका एक ८० बर्षिय बुद्ध आमा , बा सँगका प्रशंगले मेरो प्रकृतिको बुझाइ र ब्याख्यालाई क्षण भरमा क्षणीक तुल्याइदियो ।640px-Lakshman_Jhula,_Rishikesh,_Uttarakhand,_India
उहँको अनुभबले भन्यो नानी तिमी भन्छ्यौ ,प्रकृति सुन्दर छ तर मलाई प्रकृति कुरुप लाग्दछ । यस्ले बर्षेनि दिने पिडाहरु नगन्य छन् । बेला बेला पहिरोले पुरेर गाउँनै सखाप हुनेगरेको तितो यथार्थता युक्त बोली निस्कीरहदा पिडाको भेलबगीरहेको थियो त्यो अनुहारमा । बर्षेनी बर्खोयाममा फैलने झाडापखाला र समान्य ज्वरोका कारण सिटामोल समेत नपाएर ज्यान गुमाएको घट्ना सुनाइरहदा म काठमाडौको समाचार कक्षमा सम्पादन गरीरहेका दृश्य सम्झीरहेकी थिए । ति दर्दनाक कथा र घट्ना प्रतिबिम्त भइरहेका थिए मेरा सामू । समाचार कक्षमा बसेर मृत्यको सँख्या गनेर बस्ने हामी जस्ता गैर जीम्मेवार पत्रकारिता गरिरहेका देशका पहेरेदार भन्नेहरुप्रति कता कता लज्जा बोध भइरहेको मलाई । जाजरकोटमा केहि महिना अघिमात्र ज्वरोको माहामारी बाट दुई सयभन्दा बढीको ज्यान गएको थियो । चारसाता बितिसक्दा समेत त्यहाँ मौसमी इन्फुलुन्जाको प्रकोट बाट बचाउन नसक्दा दुई तिनहजारभन्दा बढी प्रभाबितभएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । स या सामान्य मानियका रोगका कारण राज्यको अनुपस्थीको बोध गरिरहेका जनताले कहिले आफू सँग राज्यको उपस्थीती अनुभव गर्ने पाएका थिएन र छैनन् । उनिहरुलाई कतिपय अवस्थामा राज्यको आफूप्रतिको जिम्मेवारी समेत थाहाछैन । छ त केवल आफूले नेतालाई दिनुपर्ने मतको जिम्मेवारी । हुन तनदोहरीएका पनि होइनन् रु बझाङ ,बाजुरा , दैलेख र जाजरकोटमा सामान्य झाडापखालाले महामारीको रुप लिदा सयौले ज्यान गुमाउनु परेको तितो यथार्थता ताजै थियो मेरो मनस्पटलमा । यता जनताका नाममा राजनितीगर्नेहरु सम्भावित दुर्घटना र आइपर्ने संकटलाई ध्यान दिदै त्यसको समाना गर्नेका लागी पूर्व तयारीगर्नुको साटो समस्याले जटीलरुप लिइ सक्दा समेत त्यतातिर ध्यान दिदैनन् । तराईमा बर्षेनि हजारौ परिवार घरबार बिहिन हुनुपर्ने तितो यथार्थता पनि छदैछ । उनि आफ्नो अनुभवपूर्ण प्रकृतिका कुरुप पक्षहरु राखिरहेका थिए । उनभोगाइमा ति हजारौ पिडा प्रतिबिम्बीत थिए , थकान थिए भने दुख मिश्रीत अनुभुतिहरु । उनको भोगाईले म प्रति ब्यग्य गर्दे भन्यो प्रकृति असुविधा जनक छ ,अपूर्ण छ । अस्पतालका लागी तिन चार घण्टाको बाटो हिड्नुपर्ने बाध्यता , बिद्यलयको पनि अवस्था त्यही । बाटोको असुविधा उता अझै पनि कतिपय ग्रामीण भेगका जनता यातायत , सडक जस्ता आधारभूत सुविधाबाट समेत बन्चीत छन् । अर्को तर्फ यस्ता विभिन्न किसिमका स्वास्थ्य सम्बन्धि समस्या होस् या आइपर्ने प्राकृतिक बिपति दुबै बाट प्रभावित हुने हरुमा बृद्ध बृद्धा र वालबच्चा रहेकाछन् । न त उनीहरु एकलै घण्टौ सम्मको बाटो हिडेर उपचारका लागी अस्पतालसम्म जानसक्छन् , न त उनीहरुलाई अस्पताल सम्म पुर्याउने युवाहरुनै गाउँमा छन् । रोजगारीको खोजीमा यी गाउँमा १४ बर्ष भन्दा माथीका एक युवापनि छैनन् छन् त केवल महिला , बालबच्चा गाउँमा छन् ।

पिडा र असामान्य प्राकृतिक विपति बाट बर्षेनि प्रभाबित भइरहेका उनीहरुलाई यी प्रकृतिले असहनिय पिडाहरुको भोगाइ दिइरहेको छ । पहाडमा बर्षेनि पहिरोका कारण सयौ परिवार घरबार विहिन हुने गरेका छन् कतिलाई यही पहिरोले पुरेर आमालाई सनतान विहिन वनाएको । आमाको काखमा खेल्नुपर्ने बेला आमा गुमाएको त्यो वालकले त्यो प्रकृतिको अनुभबलाई सुन्दर रुपमा तिमी जसरी कसरीनै अनुभब गर्ने सक्छ र रु
 प्रकृति अपूर्ण छ त्यो अपूर्णतालाई पूर्ण गर्नेका लागी बिकास चाहिन्छ । सुन्दरतालाई सहितरिकाले उपयोग र पहिचान गर्ने सकेन भने त्यसले दिने आनन्द र सुख भन्दा सयौ गुणा ठूलो दुख हुन्छ । उनको यो भोगाइमा यथार्थता समेटीएको एकासि बर्षको दुखद अनुभवको सङगालो बोलीरहेको थियो । हालै मात्र पोखरामा गएको पहिरोले घरपरिवारलाई घरबार विहिन मात्र बनाएन चालिस जनाको ज्यान समेत लियो । तराइको पनि कथा यो भन्दा भिन्न छैन । बर्षेनी बाढिका कारण त्यही दुर्गति दोहयारहन्छ ।
उनको तितो वास्तवीकता युक्त भनाइका दृश्यलाई देखाउँदै उनले भने तिमीसँग यो जिउ ढाक्ने तातो लुगा छ र त तिमी जाडोलाई सहर्ष स्वीकारर्दे छ ौ । तर त्यो गरीब बच्चालाई हेर्नुस् उसको नागो ज्यानले यसबाट दुख कस्ट पाइरहेको छ । थरथरी कामी राखेको बच्चालाई देखाउदै उनले भने उसले यस प्रकृतिलाई कसरि सुन्दर ठानोस रुतपाई संग सुबिधा छ तपाई प्रकृतिलाई सुन्दर देख्नुहुनछ । हामी सँग मात्र यसले दिएकको बिकटता छ दुख छ कस्ट छ हामी प्रकृतिलाई कसरी सुन्दर देखऔ रु चिसो बतासले थर थर गर्दे कमाएको शरिर , लु लागेर गुमाएको सन्तानको चिहानमा बसेर हामी कसरी यसको आन्नद लिन सक्छौ रु उनले यसो भनी रहदा मेरो मनमा चिसो पस्यो केहि समय अगाडी मात्र यही प्रकृतिको सुन्दर दृश्यबाट आकर्षेत भएर बिदेशबाट सगरमाथाको बेस क्याम्प सम्म गएका ति सयौ विदेशि पर्यटकलाई त्यसैको करुपताको सिकारबनाएको थियो । सुविधायुक्त स्थानमा बाँचेका हामी केवल फूलको सुगन्ध र कोमलतालाई मात्र ध्यानदिन्छौ र त्यस सँग काँडा पनि त छ ।
बाहिरि दृश्यहरुका माझ रमाइरहेका हामीलाई प्रकृतिले दिएका पिडाहरुलाई यथार्थता बोध गराइरहेका थिए उनी । उनको त्यो एकासि बर्षको अनुभवले प्रकृतिका कठोर दृष्टानतलाई दर्शाइरहेका थिए । केहि पलका लागी जिवनको अदभूत आन्नद दिने प्रकृतिले जिवनको अन्तराल सम्म नविर्सेने पिठावोध गराइरहेको थियो । हुन त बर्खे पिछे आउने बाढी पहिरोले होस् या हालै मात्र गएको भूकम्पले निम्त्याएको क्षती दुबैको पिडा उस्तै छ । मात्र फरक यतिनै हो भूकम्पको पिडा सामूहिक छ , सख्या ठूलो छ र त्यो आवाज राज्यसक्ता सम्म पुगेको छ । तर ति दुरदराजका आवजहरु त्यही विकटतामा ठोकिन्छ र त्यही गुन्जीत भएर हराउँछ । पिडा ब्यक्ति भित्र कुन्ठीत भएर बस्छ त्यही कुण्ठा मिश्रीत पिडीत आवाजको ध्वनी हो यो प्रकृति कठोर र कुरुप छ । सायद त्यसैले होला प्रकृति त्यती बेला मात्र पूर्ण हुन्छ । जतीखेर त्यहाँ बिकास हुन्छ र जिवन शैली सहज हुन्छ त्यती खेर अबस्य प्रकृति सुन्दर हुन्छ । तसर्थ आजको आवश्यकता भनेको बिकास हो तसर्थ यसतर्फ ध्यान दिनु राज्य पक्षको दायित्व हो भने जिम्मेवार ब्यक्तिले यस तर्फ घच्घचाउनुपर्ने उसको जिम्मेवारी हो ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु