शुक्रबार, जेष्ठ १९, २०८०

परिमार्जित विधेयकमाथि संशोधनका लागि आजबाट संशोधन प्रस्ताव दर्ता खुला

काठमाडौ भाद्र १४ नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकमाथि बोल्ने क्रम आज सकिएपछि संविधानसभाले संविधानको परिमार्जित विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न आजदेखि भाद्र १९ गतेसम्मको समयसीमा तोकेको छ । यसअघि नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकमाथि विचार Sambidhanगरियोस् भन्ने प्रस्तावलाई संविधानसभाले बहुमतले पारित गर्दै संविधानको अर्को बैठक अर्को सूचाना जारी नभएसम्मका लागि स्थगित गर्नु पूर्व

विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउन चाहने सभासद्ले संविधानसभा कार्य सञ्चालन नियमावली २०७० को नियम ९९ बमोजिम तोकिएको ढाँचामा संशोधन प्रस्ताव तयार पार्नुपर्ने संविधानसाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनु भएको थियो । यस अनुरुप प्रस्तावित संशोधन दर्ता गराउन चाहने सभासद्ले व्यक्तिगत वा दलगत जुनसुकै हिसावले पनि संशोधनका लागि आएको अनुसारप्र्रस्ताव दर्ता गरिने भएको हो । यस पछि संविधानसभामा दफावार छलफल हुनेछ । त्यसपछि आबश्यकता अनुसार विधेयकलाई परिमार्जन गरेर जारी गर्ने प्रक्रिया सुरु हुनेछ ।

स्मरण रहोस अझैपनि धर्म, नागरिकता र मत प्रतिशत सीमाको विषयमा अझै पनि सहमति हुन नसकेको र यसरी सहमति बन्न नसकेको कतिपय विषय संशोधनमार्फत पनि सच्याउँदै संविधानलाई परिस्कृत गरिने सविसभिधान सभासचिवालयले जनाएको छ ।