शनिबार, जेष्ठ २७, २०८०

न्यायाधीश बमका हत्यारा स्माइली सार्वजनिक, सोमवार बयानका लागि अदालतमा पेस गरिने

काठमाडौ भाद्र ६, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हानी हत्या गर्ने सञ्जय स्माइली मगरलाई केन्द्रीय अनुसन्धान व्यूरोले आज सार्वजनिक गरेको छ ।  केन्द्रीय अनुसन्धान व्यूरोले आज यहाँ पत्रकार सम्मेलन गर्दै विसं २०६९ ज्येष्ठ १८ गते ललितपुर युएन sanjay-magar-sutter images (5)पार्कनजिक न्यायाधीश बमलाई गोलीहानी हत्या गर्ने रामेछाप खनियाँपानी–७ का २८ वर्षीय स्माइली मगर रोजगारीका लागि २०७१ मङ्सिर २८ मा साउदी अरब पुगेकामा इन्टरपोलको सहयोगमा पक्राउ गरी आज काठमाडौमा सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा न्यायाधीश बमको हत्यामा सङ्लग्न बाबु थापा, शिव भन्ने करन चौधरी, ‘नवीन’ भन्ने प्रेमराज खड्का र दीपक कर्णलाई गत पौषमा नै पक्राउ गरिएको र निजहरुको बयानको आधारमा सञ्जय स्माइली मगरलाई पक्राउ गरिएको जानकारी दिईएको थियो ।

यसैबीच न्यायाधीश रणबहादुर बमको हत्याको अभियोगमा इन्टरपोलको सहयोगमा साउदीअरवबाट पक्राउ गरिएका सन्जय स्माइली मगरलाई सोमबार बयानका लागि पेस गर्न ललितपुर जिल्ला अदालतले प्रहरीलाई आदेश दिएको छ ।  ललितपुर जिल्ला अदालतका श्रेस्तेदार बाबुराम दाहालका अनुसार आइतबार मगरको बयान हुन समय नभएका कारण सोमबार पेस गर्ने गरी अदालतले प्रहरी प्रशासनकै जिम्मा लगाएर पठाएको प्राप्त समाचारमा जनाईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु