नेपालभूमीमा नियोजित रुपमा धर्म मास्ने कामभए स्थिती सामान्य नहुँने संयोजक इ.बरालको चेतावनी
राजा होईन धर्म बचाउन लागेका हौं : कालिबाबा

नयाँ दिल्ली भाद्र ११ , भारतको राजधानी नयाँ दिल्लीस्थित प्रेस क्लब अफ ईन्डिया कन्फरेन्स हलमा नेपाल र भारतीय सञ्चारमाध्यम समेतका दर्जनौ पत्रकारहरूको उपस्थितीमा आज आयोजित वृहत प्रेस सम्मेलन मार्फत स्वस्र्फुत रुपमा संगठित प्रवासी नेपालीहरुले नेपालमा हिन्दु राज्यको माग गर्दै आन्दोलनको उद्घोष गरेका छन । अगष्ट ३० तारिक अर्थात आगामी भाद्र १३ गते नेपाललाई हिन्दु राष्ट्र कायम गराउनका लागि आवश्यक कार्ययोजना सहितको रणनिती तय गर्नका लागि आयोजना हुन् गईरहेको विशाल घर्मसभाको पूर्व तयारी अन्र्तगत आज आयोजित पत्रकार सम्मेलनमा श्री श्री १००८ कृष्णानन्द परमहंस बाबा कालिदास एस। पि। मेमोरियल शिक्षा निकेतन समितिकी अध्यक्ष श्रीमती लक्ष्मी बराल तथा जनसभाका कार्यक्रम संयोजक ई विष्णु बरालले कन्फरेन्स भने नेपाल लाई हिन्दु राष्ट्र कायम नगरे नेपालमा मात्र हैन विश्वभरिनै अशान्तिको वादल मडारिने बताएका छन्।
त्यस्तै पत्रकारहरूको जिज्ञासालाई सम्बोधन गर्दै संयोजक ई बिष्णु प्रसाद बरालले मान्छे मारेर र धर्म मासेर देशको विकास गर्छु भन्नु आफैमा दिवास्वप्त भएको बताउँदै दुईतिहाईको नाममा जनभावना वि���रित संविधान जारी गरे त्यो संविधान जनताले कुनै पनि हालतमा नमान्ने दावी गर्नु भएको छ । यस अर्थमापनि सम्पूर्ण जनतालाई मान्य हुने संविधान अर्थात हिन्दू राज्य सहितको संविधान जनताको माग रहेको उहाँले बताउँनु भएको छ ।
यदि यस वीचमा जर्बजस्ति संविधान ल्याए विश्व भरिका हिन्दूबादीहरु सडकमा आउँछन भन्दै संयोजक बरालले ऋषिहरुको तपोभूमी मुलुक, विविधताको पहिचान भएको मुलुकलाई जर्बजस्त कम्यूनिष्टहरुको लहलहैमा धर्म निरपेक्ष गराउने जुन षडयन्त्र गरिएको छ त्यो षडयन्त्र विरुद्ध आजबाट आन्दोलनको अभियान सुरु भएको बताउँदै विश्वमा एकमात्र हिन्दु राष्ट्रको पहिचान बोकेको नेपालभूमीमा नियोजित रुपमा धर्म मास्ने काम भए स्थिती सामान्य नहुँने चेतावनी सहित सम्पूर्ण प्रवासी नेपालीहरूको तर्फबाट नेपाल सरकार र विभिन्न राजनैतिक दलहरुलाई ध्यानकर्षण गराउन चाहान्छु उनले भने । साथै संयोजक बराले आक्रोशित हुदै नेपाली जनतालाई एमाओवादीका प्रचण्ड र बाबुरामले गुमराहमा राख्दै कहिं जातीय राज्यको नाममा त कहिं झुठा आश्वासन दिदै कथित जन युद्धको नाममा जनता मारेर झूटो आश्वसन बाँडेर एकपछि अर्को गर्दै देशमा द्धवन्दको वातावरण सिर्जना गरेको आरोप लगाउँदै विदेशीको आडमा धर्म निरपेक्ष मुलुक घोषणा गर्दै डलरको खेती गर्नु भनेको देश र जनताको आकंक्षामाथिको राजनितिक बलात हस्तक्षेप भएको बताए ।
त्यसैगरी पत्रकारहरूलाई सम्बोधन गर्दै कालिबाबाले हामी दलगत हिसाबले हैन। साधु र ब्राह्मणको हिसाबले हाम्रो धर्म संस्कृति बचाउन लागेका छौ। निरन्तर लागी नै रहनेछौ भन्दै नेपाल हिन्दु राष्ट्र हो हिन्दु राष्ट्रनै रहने दावी प्रस्तुत गर्दै कालिबाबाले भने हामी राजा होईन धर्म बचाउन लागेका हौं