
नयाँ दिल्ली भाद्र ९, भारतको राजधानी नयाँ दिल्लीको जन्तरमन्तरमा नेपाललाई हिन्दु राष्ट्र कायम गराउनका लागि प्रवासी नेपालीहरुको संयोजनमा हिन्दु धर्मालम्वीहरुको विशेष एवम् वृहत घर्मसभामा हुने भएको छ ।
अगष्ट ३० तारिक अर्थात आगामी भाद्र १३गते हुने उक्त घर्मसभामा हिन्दु धर्मको महत्व, विशेषता र हिन्दु दर्शनका सवालमा घनिभूत छलफल गर्दै नेपाललाई हिन्दु राष्ट्र कायम गराउनका लागि आवश्यक कार्ययोजना सहितको रणनिती तय गरिने तयारी रहेको घर्मसभा आयोजक समन्वय समितिका संयोजक विष्णुप्रसाद वरालले जानकारी दिएका छन ।
धर्म गुरु श्री बाबा कालीदास वावाको प्रमुख आतिथ्यता हुने बताइएको सो भेलामा विश्वमा छरिएर रहेका हिन्दु धर्मलाई आफ्नो आस्था बनाएका धर्मालम्वीहरुको सहभागिता रहनुको अलावा भारतका उच्च राजनैतिक व्यक्तिव् धर्मगुरु , चन्द्र स्वामी, विजेपीका सांसद तथा मन्त्री लगायत नेपाललाई हिन्दु राष्ट्र कायम गराउनका लागि यसअघिदेखिनै आवाज बुलन्द गर्दै नेपालबाट सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानका संयोजक खुम बहादुर खड्का , महाअभियानका अर्का अगूवा हरिबोल भट्टराई लगायतका हिन्दुवादी नेताहरुको समेत सहभागीता रहने बताईएको छ ।
यस अघि पनि भेलाका समन्वयकर्ता इन्जिनियर बिष्णु प्रसाद बरालले भारतस्थित नेपाली राजदुतावासमा राजदूत दिपकूमार उपाध्यायलाई एक ज्ञापन पत्र बुझाउदै भौगोलिक क्षेत्रफलको हिसाबले सानो मुलुक नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषित गर्नु र संघीय संरचनाको कुरा गर्नु बाँदर का हातमा नरीवल जस्तै हो भन्दै हाम्रो देशमा बहु साँस्कृतिक, बहु भाषिक र बहु जातिय बाहुल्यता भएका कारण पनि संघीय संरचना उपयुक्त नभएको बताउँनु भएको थियो । त्यसक्रममा समन्वकर्ता बरालले विधी को शासन प्रणाली जहाँ हिन्दु राज्य नेपाल र नेपालको नयाँ आयाम बिषयमा कार्य पत्र सहितको ज्ञापन उनले राजदुतलाई हस्तान्तरण गरी नेपाल सरकार सम्म पुर्याउन अनुरोध गर्नु भएको थियो ।