काठमाडौ भाद्र ५, वाग्मती सफाइ महाअभियानको ११९औँ शृङ्खलाअन्तर्गत आज त्रिवि प्रवेशद्वार अगाडिको नदी आसपास क्षेत्रको सफाइ गरिएको छ । मुख्यसचिव डा सोमलाल सुवेदीले आफ्नो कार्यभार ग्रहण गरेपछि पहिलो पटक आज महाअभियानमा सहभागी हुँनै मानव सभ्यतासँग जोडिएको नदीमा भएको अतिक्रमण न्यूनीकरण गर्न स्थानीयवासी, युवा तथा सबै क्षेत्रको सहयोगको अपेक्षा गर्नुभएको थियो ।
आजको सफाइ अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवम् विधार्थीको सहभागिता रहेको थियो ।