सनातन हिन्दू मोर्चाद्दारा संविधानसभा अगाडि प्रदर्शन
काठमाडौं श्रावण २०, नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नु पर्ने माग राख्दै सनातन हिन्दू मोर्चाले आज संविधानसभा अगाडि प्रदर्शन गर्दै घेराउ गरेको छ । तीनकुनेबाट शुरु भएको जुलुसले गौ हत्या बन्द गर, सनातन हिन्दू राष्ट्र कायम गर, धर्म परिवर्तनलाई दण्डनीय बनाउनु पर्ने जस्ता नारा लगाउदै जुलुस संविधानसभा नजिक पुगेर धर्नामा परिणित भएको थियो । प्रदर्शकारीहरुले निषेधित क्षेत्र तोड्न
खोज्दा कहीबेर प्रहरीसंग सामान्य दोहोरो झडप समेत भएको थियो । प्रदर्शनकारीहरुले तार–वार सडकमा फ्याले पछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रदर्शनपछि आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले हिन्दू राष्ट्र कायम नगरिए सरकारले गम्भिर मुल्य चुकाउनु पर्ने चेतावनि समेत दिएका थिए । धर्ना कार्यक्रमका वक्ता सनातन हिन्दू मोर्चाका अध्यक्ष डा। माधव भट्टराई, उपाध्यक्ष डा। लोकराज पौडेल, प्रवक्ता पुष्पराज पुरुष, विश्व हिन्दू महासंघ समितिका अध्यक्ष निलप्रसाद भण्डारी, अमर्चायद्वय सन्तोष वाशिष्ठ, लक्ष्मण पन्थी र राप्रपा नेपालका तारानाथ लुईटेलले सनातन हिन्दू राष्ट्र आपूmहरुको बटमलाईन भएको धारणा राखेका थिए ।
सरकारले यदि शान्ति पूर्ण प्रदर्शनले नसुने आगामी दिनको कार्यक्रम निकै नै आक्रामक र शसक्त रुपमा हुने दावी उनीहरुले गरेका थिए । मोर्चाका प्रवक्ता पुष्पराज पुरुषले सरकारले जनताले दिएको सुझावको अपमान गरेको बताए । ,देशभरमिा संविधान मस्यौदाको सुझाव लिनेक्रममा नेपाली जनताद्वारा हिन्दू राष्ट्रको पक्षमा प्रचण्ड रुपमा सुझाव दिदा ठूला दलले धार्मीक स्वतन्त्रताको नाममा हिन्दूवादीहरुलाई गुमराहमा पार्न खोजेको आरोप खोजेको आरोप समेत लगाएका थिए ।