काठमाडौ श्रावण १८, आरती सेवा समाजको ९औ वार्षिकोत्सवको अवसरमा आज पशुपतिनाथ परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन
गर्दै नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले धर्मको सवालमा जन सुझाव संकलनमा जनताले अभिव्यक्त गरेको भावना अनुरुपनै नयाँ संविधान आउँने र यसको उच्चतम सम्मान गरिने बताउँनु भएको छ ।
त्यस्तै कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य शोभा पन्तले सनातानकालदेखि चलिआएको हिन्दू धर्म जुन नेपालको पहिचान पनि भएको बताउँदै यसलाई परिवर्तन गर्न नहुने अभिव्यक्ति दिनु भएको थियो भने कार्यक्रममा उपप्रमसिहंले आारती सेवा समितिलाई सहयोग पु¥याउने सहयोगीलाई सम्मान समेत गर्नु भएको थियो ।