शनिबार, मंसिर १७, २०७९

दाउरे र बन्चरो

-शोभाकर पराजुलीpen-copy-gift-150x150
दुईवटा दाउरे काठ काट्दै थिए । तिनले प्रयोग गरेको बन्चरो भुत्ते भएकोले काठ राम्रोसंग काटिरहेको थिएन । राम्रोसंग धारिलो बनाएको भए दश घण्टा लाग्ने काम एक घण्टामा नै सकिने थियो । एक जना मानिस आएर उनीहरुलाई यसो नगर्नू, मिस्त्रीकोमा गएर बन्चरो धारिलो बनाउनु होस् । काम पनि चाँडो हुन्छ । शरीरलाई दुख पनि हुँदैन र धारिलो बनाएर ल्याउन आधा घण्टा पनि लाग्दैन भनेछन् । त्यो सुने पछि एउटा दाउरेले भनेछन् काम चाँडो सक्नु छ,– मिस्त्रीकोमा जाने फुर्सत कहाँ छ र ? उनले कति संझाउदा पनि मानेनछन् । तर अर्का दाउरेको दिमागमा त्यो घु सेछ र मिस्त्रीकोमा गएर बन्चरो धारिलो बनाएर ल्याएछन् ।

दश घण्टा लाग्ने काम एक घण्टामा सकेछन् । अर्थात् काम छिटो गरेछन् । ती फुर्सत नभएका दाउरेको पछुताउनुको विकल्प अरु के रह्यो र ? लोकतन्त्रले मिस्त्रीको काम गरेको हुन्छ । ती दाउरेहरू राजनीतिक दल जस्ता हुन् जसले नयाँ कुरालाई सकारात्मक भएर बिना पूर्वाग्रह आत्मसात् गर्न सक्यो त्यसले विकास ग¥यो र जनतालाई सुख पनि दियो तर लोकतन्त्र भएर पनि कसैले आफ्नै मात्र कुरा ठीक भन्दछ र आफ्ना कान थुन्छ भने त्यसले गर्दा जनताले पनि दुख पाउँछन् र त्यो प्रवृत्तिले पनि जडसूत्रवादी मानसिकता लिइरहेको हुन्छ । मानसिकताको उपज व्यवहार हो, हतियार आँफैमा महत्वपूर्ण होइन, महत्वपूर्ण भनेको त्यसलाई विवेकपूर्णरुपमा प्रयोग गर्नु हो । यदि कसैको मानसिकता जडसूत्रवादी छ तर व्यवहार राम्रो गर्दछ भने त्यसले वाध्यताले मात्र राम्रो व्यवहार गरेको मान्नु पर्ने हुन्छ । नेकपा एमालेले लोकतन्त्रलाई व्यवहारमा आत्मसात् गरेको छ, तर लेनिन र माक्र्सलाई मान्ने हुँदा एकदलीय मानसिकता त्यो दलमा भएको मान्नै पर्ने हुन्छ । माओवादीहरू त वास्तवमा ब्रेनवास नै भएका र त्यसबाट मुक्त हुनेछन् भन्ने आशा मात्र गर्न सकिने अवस्था छ । समय अनुसार हिंड्न नसक्नेहरूले समाजलाई गति दिन सक्दैनन् ।book

चीन र भारतको तुलना गर्दा चीनले पूर्ण पूँजीवादी ब्यवस्था माओको अन्त्यपछि नै शुरु गरेको हो र त्यो सन् १९७६ मा माओको मृत्यु भएपछिको अवस्था हो । भारतले भने पूर्ण पूँजीवादी व्यवस्था शुरुगर्न सन् १९९० बाट मात्र सक्यो । त्यसैले गर्दा चीनको विकास छिटो शुरुभयो र भारतको विकास ढिलो शुरु भयो तर अहिले शास्त्रीय रुपमा पूँजीवादी ब्यवस्थाले गर्दा दुवैले तीव्र प्रगति गरिरहेका छन् । अहिले भनिन्छ, चीनमा नभनीकन प्रखर पूँजीवादी ब्यवस्था छ र युरोपमा प्रचार नगरीकन समाजवादी व्यवस्था छ । तर हामी नेपालीहरूमध्ये प्रशस्तलाई चीनको जस्तो पूँजीवादी व्यबस्था चाहिएको छ ।

नाम कम्युनिष्ट राखौं र काम जनतालाई दुख दिने गरौं । युरोपमा बिरामी हुदाँ सरकारले हे र्दछ, पढाई निशुल्क छ, भोका नाङ्गाहरू छैनन् । किनभने नोकरी नभएमा खान पुग्ने बेरोजगार भत्ता मिल्दछ । चीनमा भने मजदुरको यति शोषण छ कि मजदुरको युनियन गठन गर्न दिने व्यबस्था भएको सन् २००८ मा मात्र हो । हे महेन्द्र र ज्ञानेन्द्रहरू हो, तिमीहरूले कम्युनिष्ट नेता किम इल सुङ, उनका छोरा र नाति समेत अघोषित रुपमा राजा भएको थाहा पाएनौं । नारायणहिटीमा कम्युनिष्ट झण्डा फह-याएर आफूलाई कम्युनिष्ट घोषणा गरेको भए सधैं भरी सन्तान दरसन्तानलाई राजा बनाएर कम्युनिष्टको नाउँमा जनतालाई मु र्ख बनाउन सफल हुने थियौ । तिमीहरूले कमसेकम कम्पुचियाका कम्युनिष्ट राजा नरोद्दम सिंहानुकलाई पनि पछ्याउन सकेनौ । ज्ञानेन्द्रले नागार्जुन दरबार छानेर जनताको लागि कुनै राम्रा काम गर्न नसक्ने कम्युनिष्टहरूले नागार्जुनबाट पनि राजालाई लखेट्ने नारा दिन पाएका छन् । कम्युनिज्मका प्रयोगकर्ताहरू अर्थात् आफ्नो राम्रो कामबाट होइन बरु अरुको विरोध गरेर जनतामा भ्रम छर्न चाहनेहरू ।

चीनको मजदुरको अवस्थाको लागि एउटा मात्र आधिकारिक उदाहरण दिंदा पनि हामीलाई धेरै कुरा प्रष्ट हुन्छ । चाइना डेली चीनको कम्युनिष्ट पार्टीले (सरकारले भन्दा पनि त्यहाँको सरकार कम्युनिष्टको मात्र छ । चलाएको पत्रिका हो । त्यस पत्रिकाले सन् २००७ को एउटा अङक्मा चिनियाँ गाउँबाट तीन वर्षको छोरालाई हजुरआमाको जिम्मा लगाएर सम्पति कमाउन गएका एक जोडीको कहानी लेखेको थियो । उनीहरू केही सम्पति कमाउने र छोरालाई पढाउने र ठीक्कको घर बनाउने पैसा लिएर एकदेखि दुई वर्षमा फर्कने लक्ष्य लिएर शहर पस्छन् तर उनीहरूले शहर पसेको १८ बर्ष हुदाँसम्म पनि चाहिने पैसा जम्मा गर्न नसकेकोले घर जान सकेका छैनन् । बिचराहरूको गाउमाँ टेलिफोन सुविधा थिएन । उनीहरूलाई आमाले फोन गर्ने ठाउँ पनि थिएन । उनीहरूको मनमा छोरा कत्रो भयो होला ? आमाको अवस्था के होला भन्ने खेलिरहेको छ । पैसा कमाउन आएकाहरूको घर जाने पैसा समेत नबचेकोले उनीहरू घर जान सकेका छैनन् ।

चीनमा गरीबहरूको अवस्था कस्तो होला ? मजदुर र किसानको अवस्था कति दुखदायी होला ? तर हामीलाई व्यवहार होइन साइन्वोर्ड र किताबमा अनि भाषणमा समानता चाहिएको छ । सन् १९७५ भन्दा पहिला त मजदुरहरू र किसानहरूको अवस्था अत्यन्त दयनीय थियो । खानको लागि बच्चा बेच्नु पर्ने समेत अवस्था थियो भन्ने सुनिएको हो । त्यसैले हामी प्रष्ट हुनै पर्दछ कि–लोकतन्त्रले अरु केही दिन नसके पनि सरकारले गल्ति गरेमा जनताले देख्न पाउँदछन् र विवेकशील बन्न सके भने राम्रा मानिसलाई चयन गर्न सक्दछन् । यो तथ्यलाई हामीले बुझेर पूर्ण लोकतन्त्र जनताको लागि हो कुनै दलको लागि होइन भन्नेमा दृढ हुन आवश्यक भएको छ । पूँजीवादले विकास ग-यो भन्दा मानिसलाई पूँजीवादको समर्थन भयो कि ? जस्तो पनि लाग्ला । त्यसो होइन, पूँजीवादको, सरकारीकरणको, मिश्रित अर्थतन्त्रको मध्ये कुनैको पनि नेपाली काँग्रेस र समाजवादी विचार विरोधी होइन र सबैको विरोधी हो । कुनै पनि आर्थिक प्रणाली शास्त्रीय रुपमा जस्तो भए पनि त्यसमा कर, लोककल्याणकारी कार्यहरूको माध्यमबाट धनीले गरीबलाई शोषण गर्न नपाउने मात्र होइन, बरु गरीबलाई मध्यमवर्गमा परिणत गर्ने किसिमले प्रयोग हुनु पर्दछ र समानता र विकासको तालमेल बढी हुँदै  जानु पर्दछ भन्ने नै समाजवादीहरूको धारणा हो । यो धारणा अनुसार नचलेको कुनै पनि आर्थिक वादको वा प्रणालीको विरोधी नेपाली काँग्रेस हो ।

यो धारणा अनुसार चलेको वादको पक्षधर काँग्रेस हो । काँग्रेसको समाजवाद आर्थिक प्रणालीको नाउँ होइन बरु कुनै पनि आर्थिक प्रणालीबाट प्राप्त विकासलाई समानतामा सकेसम्म बढी फ्युजन हुनुपर्छ भन्ने मान्यता राख्ने राजनीतिक दल हो । यस दलको विचार कुनै नेताका विचारलाई आँखा चिम्लेर अनुशरण गर्ने वा नेतालाई प्राधिकार मान्ने होइन । यसले त महामानव बी.पी..ले भने जस्तै सधैंंभरी आँखा र कानलाई खुल्ला राख्ने र कुनै पनि विकास र समानताका लागि अझ बढी उपयुक्त विचार आएमा आत्मसात् गर्ने हो भन्ने नीति लिएको छ । एक हदसम्म यो विश्वभरका समाजवादीहरूको नीति हो । प्रत्यक्ष वा परोक्ष रुपमा महामानवले मानव जातिलाई दिएको महान योगदान हो । गरीबी र अन्याय भएर पनि देख्न नपाएपछि अर्थात् गएर हेर्न नपाएपछि न्याय हुन्छ ? अर्थात् साम्यवाद ।