शनिबार, अशोज ६, २०८०

दलदल

कुन दल दलमा फसेछु म चालै पाइन
उल्झनले घेरी सक्दा पनि सुइ“कै भएन
कुन दल दलमा फसेछु म चालै पाइनImage6

कालो बादल मडारींदै नीलो आकाश धाकिसकेछ
जिन्दगीलाई जीउ“दै मा मृत्युले जकडि सकेछ
कुन गन गनमा अल्मलिए“ म चालै पाइन
सम्झौता धेरै अगाडि बढि सक्दा पनि सुइ“कै भएन
कुन दल दलमा फसेछु म चालै पाइन

सपनाका ढोका सबै बन्द भई सकेछन्
बा“च्ने सबै बहानाहरु निभि सकेछन्
कुन निराधार आशामा रुमल्लिएछु म चालै पाइन
लक्ष्यहरु सबै औचित्यहिन भईसक्दा पनि सुइ“कै भएन
कुन दल दलमा फसेछु म चालै पाइन

– गौतम डंगोल “सन्देश”

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु