शनिबार, मंसिर १७, २०७९

दक्षिणी धमिला आँखा

गौतम डंगोल “सन्देश”Image5

दक्षिण एसियामा अवस्थित एउटा विशाल राष्ट्र, विश्व मानचित्रमा आफ्नो उल्लेख्य उपस्थिति जनाइरहेको भिमकाय आकारको देश, विश्व शक्ति राष्ट्रहरु मध्ये एक हुँ भनेर दावा प्रस्तुत गरीरहेको राष्ट्र, आर्थिक छलाङ्ग मार्दै अघि बढेको विश्व अर्थतन्त्रको महत्वपुर्ण हिस्सा ओगटेको र विश्व को सबै भन्दा ठुलो प्रजातन्त्र अंगीकार गरेको भनिएको देश भारत र त्यहि भारतको उत्तरी सीरानमा अवस्थित सानो मुलुक नेपाल अनि त्यो सानो मुलक नेपालको घोषित रुपमा स्वतन्त्र तर अघोषित उपनिवेषित नागरीकहरु हामी नेपाली । सन्दर्भ ठुलो राष्ट्र, ठुलो शक्ति, आर्थिक सम्पन्नता तर ठिक विपरित प्रकृतिको मनोवृत्तिको । यो पंक्तिकारले वाल्यावस्था पार गरी सुरुवाती युवावस्था प्रवेश गरे संगै, देश भुगोल सम्वन्धि सामान्य जानकारी बोध गर्न सक्ने भएदेखि नै सुन्दै आएको भोग्दै आएको एउटा अविछिन्न प्रवृति को रुपमा रह्यो हाम्रा छिमेकी मुलुक भारतको नेपाललाई हेर्ने धमीला आँखाहरु ।

सुगैली सन्धीबाट सुरु भएको असमानताको घाउ एउटा विशेक नहुँदै अर्को खेप्दै सहँदै आएको अवस्था नेपाल अनि हामी नेपालीहरुको छ । एकातिर देशमा राजनितिक अस्थिरता कायम राख्न कतै न कतै दक्षिणी संलग्नताहरु पुष्टि भइरहे भने अर्कोतिर अत्यन्त निकृष्ठ ढंगले सिमा अतिक्रमणहरु भइरहे । यो विचमा हामीले जति नै हाम्रा पुर्खाको वीरगाथा गाइरहँदा पनि हामीलाई एउटा अप्रत्यक्ष उपनिवेशीताको आभास दिलाइरहेका छन दक्षिणी गतिविधिहरुले ।

नेपाल पुर्णत भुपरीवेष्ठित मुलुक हो जसको पूर्व, पश्चिम, दक्षिण तीन तीरका सीमा भारत संग जोडिएको छ त उत्तरी हिमश्रृखलाबद्घ सीमा चिन संग जोडिएको छ । भौगोलिक सुगमता विकतताका हिसाबले स्वभावत उत्तरी विकट पहाडि तथा हिमाली सीमा भन्दा दक्षिणी समथर भुभागसंग जेडिएको सीमावर्ती भारतसंग व्यापार व्यवसाय तुलनात्मक रुपमा बढि हुने नै भयो । एउटा अविकशित भुपरिबेष्ठित मूलूक, जुन एउटा कालखण्डमा आत्मनिर्भर थियो र छिमेकमा खाद्यान्न निर्यात गर्ने क्षमता राख्दथ्यो त्यहि मूलूक आजको दिनमा पूर्णत आयातमा आश्रित छ । के कति कारणले त्यो अवस्थाबाट यो अवस्थामा विचरण भयौ  हामी त्यसको पाटो अर्कै होला । मुलत भौगोलिक अवस्थाकै कारण हाम्रो आयातको सबसे ठुलो हिस्सा दक्षिण तिर केन्द्रित छ । त्यसै गरी खुल्ला सीमाना, बेरोकतोक आवतजावत, सीमानाका जनजीवनमा सामान्जस्यता आदि इत्यादि कारणले दक्षिण संग हाम्रो बहुबेटिको रीस्ता चलिआएको छ । अहिले पनि तराईका हामा दाजु भाई दिदि बहिनीह्रुका बीच निर्वाध दक्षिणी सीमा पारीका भारतीयहरु संग विहेवारी चल्दै आएको चलिरहेको छ ।

nepal-mapएउटा विशाल शक्ति राष्ट्र जसलाई नपुग कुनै चिजमा छैन जस्तो लाग्छ । भौगोलिक विशालता, शक्ति सम्पन्नता, आर्थिक उन्नती प्रगति एकातिर छ भने तीन तिर बाट सिमा घेरीएको यो सानो मूलूक जो संग उसको परापूर्व कालदेखि बहुबेतीको नाता कायम रहेको छ उसंग भने त्यो विशाल राष्ट्रको मन सँधै खुम्चिएको अवस्था छ । विडम्बना र आश्चर्यको कुरा त के रह्यो भने त्यो राष्ट्र जो संग विश्व हल्लाउने हुँकार उपलब्ध छ त्यसलाई यो सानो मूलूकबाट सँधै सुरक्षा खतरा आभाष भइरह्यो र अर्बौं खर्च गरी यो सानो मुलक फिटिक्क चल्मलाएको सूचना सुद्घ ‘‘र” तथा अन्य जासुसी परिचालन गरी संकलन गरीरहेको छ । यो देशको सीमा भित्र आएर बलजफ्ती सैनिक क्याम्प खडा गरेको छ । विश्व मानचित्रमा साँच्चै भन्ने हो भने नेपाल राष्ट्र खोज्दा खेरी सरुमा भारतको खोजी हुन्छ र त्यसको सीरानमा नेपाल खोजिन्छ । त्यो विशाल भुगोलका सामु हामी अत्यन्त सानो भुगोल ओगटेको मुलुक हो । तर कति नै ठूलो हुने हो र भने झै भारतले यो सानो मुलुकको ठाउँ ठाउँमा सीमा मिच्दै आएको छ । राता रात सिमा स्तम्भ सार्ने घृणित कार्यहरु गरीरहेको छ । पुरै वस्ती आजको रात निदाएर भोलिकाृ बिहान बिउँझिदा भारतिय भएर बिउँझिनु पर्ने हो कि भन्ने त्रासहरु तिनै तिरका सिमामा विद्यमान रहेको अवस्था छ ।

कहिले कालापानी त कहिले सुस्ता, कहिले पशुपतिनगर त कहिले ताप्लेजुङ्गमा दक्षिणी वर्दिधारीकै प्रत्यक्ष संलग्नतामा गरीएका सिमा अतिकमणहरु मुकदर्शक भएर सहन गर्दैै आउनु हाम्रो बाध्यता या भनौं लाचारीपन बनेको छ । सिमाका नेपाली वस्तीहरुमा एस एस एस बी नामक भारतीय सुरक्षावलको घुसपैठ तथा ज्यादती सुन्दापनि भित्र भित्र हृदय उम्लेर आउँछ । त्यसैगरी सीमापारीका विशिष्ट नागरिकबाट नेपाली माथि हुने गरेका हेपाहा व्यवहार त सामान्य झंै लाग्न थालिसकेको अवस्था छ ।  त्यहि क्रममा  अहिले नयाँ अतिक्रमणको सत्य कथा बनि अगाडि आएको छ लिपुलेक जसमा आफनो निहित व्यापारिक स्वार्थ पुर्तिकालागि दक्षिणको कुकृतिको सारथी बनेको छ उत्तरी विशाल छिमेकी चिन । सम्बेदनहिनताको पराकाष्ठा नाघेर स्वार्थको फोहोरी खेलमा दक्षिणको घिनलाग्दो हात संग हात मिलाउँदा  बर्षौ देखि स्वच्छ छबि बोकेको चिनको अनुहारमा समेत हिलोका छिता परेको अवस्था छ । लिपुलेक नेपालको भुभाग हो भन्ने कुरा कुनै अध्ययन अनुसन्धान गर्नु पर्ने विषय वस्तु नै होइन । लिपुलेक नेपालको अविछिन्न सिमा भित्र पर्ने भुभाग हो जसरी काठमाडौं  हो, गेरखा हो, दार्चुला हो, मोरङ्ग हो, झापा हो । तर घाम  झै छर्लङ्ग दृष्तान्तमा समेत लाजहिन भएर नाङ्गो नाच नाच्ने काम भएको छ दक्षिण तिरबाट जुन भारत जस्तो विशाल मुलुकलाई कदापि सुहाउने कुरा होईन ।

एउटा सामान्य भन्दा पनि सामान्य नेपाली जनले भोग्दै आएको बुझ्दै आएको कुरा यो हो की दक्षिणी आखाँ हाम्रा प्रति कहिल्यै पनि कन्चन हुन सकेन । चाहे जो सुकैको सरकार आओस भारतमा त्यसको नजरीयामा कहिल्यै कुनै किसिमको बदलाव आएको पाइन्न । भारतिय राजदुतावासवाट यो मुलुक सञ्चालन गर्ने हैसयितलाई स्थाइ गर्न सँधै तल्लीन देखियो दक्षिण । कुटनिटिक मर्यादा र सीमाका कुराहरु के ठूलो देशका लागि लागु नहुने नै हो त भन्ने प्रश्न हाम्रा सामु बारम्वार उठ्ने गरेका छन् दक्षिण तिरका उच्च ओहोदाका विशिष्ठहरुको नेपाली निकाय संगको व्यवहारले । हाकाहाकी एउटा स्वतन्त्र सार्वभौम राष्ट्रमा आएर कुनै होटलमा बसेर त्यहाँबाट रोल कल गर्ने हैसियत राख्छन् दक्षिणी मन्त्रीहरु र लुरुक्क परेर रोल कल आनुसार लाइन लाग्न विवश छन नेपाली नेता एवं मन्त्रीगण ।

अत अहंम प्रश्न जुन सारा नेपालीको मनमा सदियांै देखि खडा छ त्यो यहि हो की आखिर किन दक्षिणी आँखा कहिल्यै कन्चन हुन सकेन हाम्रा प्रति । किन त्यो कुदृष्टीमा यो सानो मुलुक परीरह्यो त भन्दा खेरी उतर प्रस्ट छ तर अप्रकाशित छ । के नेपालको दुई चार माइल भुभाग मिचेर भारत अझ विशाल हुने हो र ? के नेपालको सिमा भित्र सैनिक क्याम्प खडा गरेर भारत विश्वको शक्तीशाली मुलुक सावित हुने हो ? के नेपाली राजनीतिलाई सधै अस्थिरतामा जकडेर भारतले स्थायित्व प्राप्त गर्ने हो ? एउटा सानो मुलक माथि यो दबदबा कायम गरेर के भारत निकै ठलो उचाइमा पुग्ने हो ? अवश्य हैन । कुरा यी तथा अन्य यावत देखिने कुराहरुमा भन्दा पनि भारतियहरुको भित्री मनोभावना र प्रवृतिमा छ । दक्षिणी मनोवृति नै धमिलो खालको छ जसले उसका कृयाकलापहरुलाई निर्देशित गरीरहेका छन् । परिणाम स्वरुप उ संग सीमा जोडिएको एउटा मुलुक भुटान बाहेक उसको सबै संग सीमा विवाद छ । फरक यत्ति हो की जुन ज्यादती उसले नेपाल जस्तो सानो मुलुकमाथि गरेर घमण्ड गर्ने गरेको छ अन्य मुलुक संग त्यो गर्न नसकी आफै लुरुक्क परिरहेको अवस्था छ ।

दक्षिणको यहि कुदृष्टिबाट वाकिफ भएकै कारण हो अहिले नेपालमा चाहे काँग्रेस हुन, कम्युनिष्ट हुन, राजाबादी  हुन, माओवादी  हुन, हिन्दु हुन, बुद्घिष्ट हुन, बाहुन, क्षेत्री, नेवार, गरुङ्ग, राई, मगर, पहाडे, मधेशी जो सुकै हुन् सबै नेपालीमा दक्षिण प्रति एउटा समान मनोवैज्ञानिक दृष्टिकोण विकास भएको छ – घृणाको । उसको छवि एउटा शोसक, पिडक, किच्कीचे उत्पीडकको रुपमा स्थापित भएको छ जुन अवका दिनमा सम्पर्ण नेपाली��रुमा पुष्तैनी हस्तान्तरण हुँदै जाने र सारा नेपालीको सामान्य मानसिकताकै रुपमा स्थापित हने निश्चित छ । आशा गरौं भारतीय राजनितिमा आएको परिवर्तन संगै नेतृत्व वृतको नेपाल लाई हेर्ने सोच र मनोवृतिमा परिवर्तन आओस । यो सानो छिमेकी मुलुक नेपाललाई हेर्ने दृष्टिकोणमा एउटा असल छिमेकी मुलुकको रुपमा व्यवहार गरी सानो भएपनि नेपालको स्वतन्त्र अस्तित्वलाई मुखाले मात्र नभई वास्तविक रुपमा व्यवहारमै स्वीकार गरी ठूलो हुनुको महानता प्रकट गर्न भारतले धिलाई गर्ने छैन ।