काठमाडौ भाद्र ५ , नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दल र सरोकारवाला सम्बन्धित सबै पक्षसित अविलम्ब संवाद गरी नयाँ राजनीतिक निकास निकाल्नका लागि अपिल गर्नुभएको छ ।
अध्यक्ष वैद्यले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अभिव्यक्ति दिनु भएको हो । त्यस्तै विज्ञप्तिमा अध्यक्ष बैद्यले राजनीतिक सभाको आयोजना गर्ने सम्बन्धमा प्रस्तुत प्रस्तावलाई गम्भीरतापूर्वक लिइएन र जबर्जस्ती संविधान बनाइयो भने मुलुक फेरि अर्को द्वन्द्वको चपेटामा पर्ने दावी गर्नु भएको छ ।