शुक्रबार, मंसिर २३, २०७९

ग्लोबल हेल्प एवं हेल्थ अर्गनाईजेशनको अन्र्तक्रिया

गोबिन्द पोख्रेल /  नयाँ दिल्ली, श्रावण २७ 
नेपालीहरूको दिनानु दिनको उपचारका लागी अस्पताल खोज्दै भारत आगमन र उपचारमा देखिएका समस्या समाधानको लागी संस्थागत रूपमा कार्य गर्दै आएको ग्लोबल हेल्प एवं हेल्थ अर्गनाईजेशनले आफ्नो लगभग एक बर्षे कार्यकालको समिक्षा सहित अन्र्तक्रिया कार्यक्रम Global Health (1)सम्पन्न गरेको छ । अर्गनाईजेशनका अध्यक्ष कृृष्ण गैरेले अध्यक्षता गरेको सो कार्यक्रममा नेपाली कांग्रेसका नेता एंव सभासद तथा पूर्व जलश्रोतमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख अतिथी रहेका थिए भने महासचिव भुपेन्द्र बस्नेतले स्वागत मन्तब्य दिएका थिए। प्रमुख अतिथी पूर्व मन्त्री कार्कीले भारत र चिन दुवै मित्र राष्ट्रहरू संग राम्रो सम्बन्ध राख्नपर्ने बताउँनु भएको थियो ।

कार्यक्रममा नेपाली राजदुतावासको प्रतिनीधिको रूपमा आएका बिशिष्ट अतिथी गणेश अधिकारीले खुला सिमाना भएका कारण नेपालीहरूलाई भारतमा उपचार गराउन सजिलो हुनु र उपचारका क्रममा देखिने गरेका अनेकन समस्याहरू तथ्य परक नै हुन भन्दै दुतावास यी सबै कुराबाट अनभिज्ञ पनि छैन र यस बिषय प्रति गम्भिर रूपमा सकारात्मक सोंच सहित कार्य गरी रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ । त्यस्तै उआँले नेपाली विरामीलाई पनि एम्समा नै उपचार को ब्यवस्था मिलाउने कार्य गर्न सके धेरै नेपालीले उपचारको क्रममा लाग्ने खर्च मा बचत हुने कुरा जानकारी दिनु भएको थियो । कार्यक्रममा मोर्डन इरा टुर्स एण्ड ट्रावल्स का महासचिव रामचन्द्र ढुंगाना लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु