शनिबार, जेष्ठ २७, २०८०

गोदावरीमा आजदेखि १२ वर्षे मेला सुरु हुँदै

काठमाडौ भाद्र १ , प्रत्येक १२ वर्षमा हुने गोदावरी सिंहस्त एकमहिने मेला आज देखि सुरु हुँदैछ । करिब २० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरिएको प्रस्तुत १२ वर्षेमेला सफल बनाउन ललितपुरका प्रजिअ यादवप्रसाद कोइरालाको संयोजकत्वमा एक हजार एक सदस्यीय godawarissमूल व्यवस्थापन समिति गठन गरिएको सोमवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस्तै मेलाको सुरक्षाका लागि नेपालप्रहरी , सशस्त्रप्रहरी र ट्राफिक प्रहरीको दस्ता परिचालन गर्नुको अलावा ठाउँमा सिसी टिभी जडान गरिनाका साथै विभिन्न संस्थाका करिब ५०० स्वयम्सेवक व्यवस्थापनका लागि परिचालित हुने बताईएको छ ।
धार्मिक तथा पर्यटकीयदृष्टिकोणबाट समेत महत्वपूर्ण गोदावरी १२ वर्षे मेलाको महत्व आफैमा अलौकिक रहेको भन्दै तीर्थाटनका लागि सबैलाई सहभागी हुँन आव्हान गरिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु