बुधबार, मंसिर २०, २०८०
Dashain

काठमाडौंको वातावरणीय सुधारका लागि मदर स्ट्रिट अभियान

काठमाडौं श्रावण १८,  काठमाडौंको वातावरणीय रुपमा सुधार गर्न थालिएको मदर स्ट्रिट अभियान विश्वभर फैलाउने चाहना व्यक्त गर्ने विभिन्न विश्वविद्यालयमा अध्ययनरत विदयार्थीहरुले जनजीवनको सहजताकालागि अभियान थालेको बताएका छन् । सोमबार 11828539_10203175268261687_247469957392322600_nराजधानीस्थित प्रदर्शनी मार्गबाट थालनी गरिएको अभियानका क्रममा उनीहरुले यस्तो बताएका हुन् ।  वातावरणीय सुधारकालागि कोरियाका विभिन्न विश्वविद्यालयमा काम गर्ने विद्यार्थीहरुले अभियानको थालनीकालागि गएको बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्गसँग भेट गर्दै अनुरोध गरेका थिए । विद्यार्थीहरुको प्रस्तावमा सहमति जनाउँदै महानगर र अभियानकावीच गएको शुक्रबार सम्झौता भएको थियो ।

जलबायु परिवर्तनकाकारण वातावरणमा भएको असरले सहजपूर्ण मानव जीवन यापनकामा समस्या भएको जनाउँदै सोमबार थालिएको अभियानमा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्गले विद्यार्थीहरुले थालनी गरेको अभियानले सफालता पाउन समय नलाग्ने जनाउँदै सामाजिक काममा युवा सहभागिताको प्रशंशा गर्नु भएको थियो । अभियान शुरु गर्नु अघि विद्यार्थीहरुले काठमाडौंलाई सफा बनाइ छाड्ने प्रतिवद्धता शपथ ग्रहण गरेका थिए ।

कोरियाबाट शुरु भइको स्वयम्सेवक अभियानमा मदर रोड अर्थात् आमाको नामबाट सडक सरसफाइ गर्ने गरिएको छ । काठमाडौंमा थालिएको अभियानमा विद्यार्थीहरुले हातमा सचेतनामुलक प्लेकार्ड बोकेका थिए । सोही क्रममा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत तामाङ र अभियानका अध्यक्ष कि जि ग्योनले संयुक्त रुपमा विरुवा रोप्नु भएको थियो । – चन्द्रमणि भटटराइ

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु