काठमाडौं श्रावण २१, नेपाल पत्रकार महासंघ दोलखा शाखा सचिव तथा कान्तिपुर टेलिभिजनका सम्वाददाता केदार शिवाकोटीले सूचना मागेका कारण जिल्ला विकास समिति दोलखाका खरिदार विष्णुप्रसाद गौतमले आत्महत्या गरेको भनी नेपाल निजामति कर्मचारी युनियनद्वारा प्रेषित विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघद्दारा आज जारी विज्ञप्तिमा सूचना माग गर्नु नागरिकको संवैधानिक अधिकार हो । आफ्नो अधिकारलाई व्यवहारमा रुपान्तरण गर्न खटेका पत्रकारले सूचना माग्दैमा कसैले विषसेवन गर्छ भने त्यो आफैमा विषयाअन्तर प्रसंग भएको भन्दै पत्रकारले सूचना मागेकै कारण विष सेवन गर्यौ भन्दै घटनालाई कुनै पनि पक्षबाट अतिरञ्जित नगर्न÷नगराउन सम्वद्ध सबैको गम्भीर ध्यानाकर्षण गराउँदछौं भनिएको छ।