मङ्लबार, असार २१, २०७९

एउटा उदाहरण

pen-copy-gift-150x1502 -शोभाकर पराजुली

एउटा मानिसलाई बाघले लखेट्दछ । ऊ भागिरहेको हुन्छ । भाग्ने क्रममा उसको अगाडि ठूलो भीर आउँदछ । बाघ नजिकै आइसकेको हुन्छ र उसले बाघबाट मर्ने कि के गर्ने भन्ने सोच्न सक्दैन । अर्को भाग्ने ठाउँ पनि हुँदैन । ऊ बाघले छुन लाग्दा भीरमा हाम्फाल्दछ । भीरमा अलिकति तल एउटा सानो रुख हुन्छ । ऊ त्यसमा नै अड्कन्छ । तल ठूलो नदी हुन्छ । अब उसले बाघ जाला र कसै त्यहाँबाट माथि जाउँला भनेर सोचेको हुन्छ । तर दुर्भाग्यवस त्यो सानो रुख, जसमा ऊ बसेको छ, त्यसका दुईवटा ठूला जराले त्यस रुखलाई धानेकोमा ती जरालाई दुईवटा ठूला मूसाहरूले कोपरेर छिंनाल्दै गरेका हुन्छन् । ऊ अब अर्को विकल्प देख्दैन र भन्दछ– उपरवाला मलाई बचाऊ । उपरवालाको जवाफ आउँदछ कि–रुख ढल्दछ अनि बचाउँदछु । अहिले किन आत्तिएको रु रुख ढले पछि बचाउने नबचाउने के थाहा ? त्यो भगवानको भनाइ हो कि होइन ? पीडित जनता र देशको अवस्था पनि त्यस्तै हुन सक्दछ । तंकीहरूले बाघको रुपमा लखेटेका छन् । अर्कोतर्फ झन् ठूलो मृत्युको घण्टी छ । बसेको ठाउँ पनि सुरक्षित छैन । आतंकले त्यसरी नै जनतालाई जकडेको हुन्छ । जनता र जनताका हित गर्ने लोकतन्त्रवादीहरू एक हुन सकेनन् भने कि बाघको मुखमा पर्ने वा नदीमा बग्नुको अर्को विकल्प नहुन सक्दछ । कि तुरुन्त मर्ने वा अलिक पछि मर्ने अवस्थाको अन्त्य गर्न सबै एक हुन आवश्यक छ । मानव स्वभाव पनि अचम्मको छ । उसलाई जति बढी मायाँ ग¥यो त्यति अझ बढी मायाँ र न्याय चाहिन्छ, त्यो स्वभाविक पनि हो । त्यो प्रवृत्तिलाई सम्मान गर्नु पर्दछ । तर उसमाथि अन्याय पर्दा ऊ त्यसैमा चित्त वुझाउँदछ र अरु अन्याय नहोस् भन्ने मात्र आशा गरेर बस्दा पनि खुसी पाउँदछ । आतंककारीले दिएको ज्यान मार्ने धम्की र पछि ज्यान नमारेकोमा ऊ दंग पर्दछ ।

यस अवस्थामा जनता र लोकतन्त्रवादी, मानव अधिकारवादी र जनता एकाकार हुन सकेनन् भने त्यसको परिणाम कस्तो होला रु अफगानिस्तानमा तालिबानीहरूले जनतालाई सुख दिएका छैनन् । बरु पीडा, अन्याय, भनेको नमानेमा ज्यान लिने, चुनावमा भाग लिएकोमा कम्तीमा औला काट्ने आदि कार्य गरेका छन् । उनीहरू त्यो अन्याय स्वभाविक मान्दछन् । किनभने उनीहरूले आफूलाई राम्रो कार्य गर्न नदिएको विरोधमा गरेको भन्ने सोच्दछन् । हो नै, आतंकको आधारमा शासन गर्न चाहनेहरू धार्मिक विश्वासको आधारमा होस् वा राजनीतिमा होस् , उनीहरूलाई अर्को राम्रो विकल्पको प्रष्ट जानकारी नै हुँदैन । उनीहरूको परिवेश पनि त्यस्तै हुन्छ । पछि उनीहरूले दिने सर्वसत्तावादी वा धार्मिक राजलाई चरम उपलब्धि मान्दछन् । तर त्यहाँ भ्रम बाहेक केही हुँदैन ।book

अफगानिस्तानमा मानिसहरू तालिबानीहरुसंग खुसी छैनन्। तर सरकार र सुरक्षाको पहुँच नहुँदा दण्डहीनता तालिबानीहरूको राजमा परिणत भएको छ । जनतामा डर छ तर भाग्न र मर्न भन्दा उनीहरूलाई सकेको सम्पति दिएर उनीहरुसंग नै तालमेल गरेर बस्न पर्ने अवस्था आएको छ । सरकार पनि कहिलेकाहिँ सुरक्षाकर्मीको माध्यममा उपस्थित हुन्छ । वाध्य भएर तालिबानीहरूलाई सहयोग गर्नेहरुलाई किन उनीहरूलाई सहयोग गरेका भनेर सताउँछ । जनता त्यो मारबाट बच्न जुन ठूलो र बढी हिंस्रक छ, आफूलाई बढी पीडा दिन सक्दछ, त्यसैको पक्षमा रहँदा आफू सुरक्षित हुने महसुस गर्दछन् । त्यसैले गर्दा अफगानिस्तानमा तालिबानीहरू बलिया हुँदै गएका छन् भन्ने पनि अनुमान रहेको हो । तालिबानीहरू र कम्युनिष्टहरूमा जनतालाई गर्ने व्यवहारमा केही भिन्नता पहिला पनि थिएन भन्ने त लेनिनका यी भनाइहरूबाट पनि प्रष्ट हुन्छ–सर्वहाराको हित भन्ने कुरा पुरानो परिपाटीलाई उपयोग गरेर होइन बरु यसलाई भत्काएर, अणु अणुमा परिवर्तन गरेर त्यसलाई उभिनै नसक्ने बनाउनुमा छ । तालिबानी र माओवादीहरूको तुलना ग-यो भने प्रष्ट हुन्छ– जनता विवेकले होइन बरु बलियो अन्यायीबाट बच्नपनि वाध्य भएर उसको पछि लाग्छन् । गोर्वाचोभले एक पटक पश्चिमी राष्ट्रको भ्रमण गरेछन् । त्यति बेला उनी कम्युनिष्ट पार्टीको उच्च पदमा पुगिसकेका थिए । एउटा डिपार्टमेन्टल स्टोरमा उनी पुगेछन् । पूँजीवादी देशमा श्रमिक र पूँजीपति मात्र हुन्छन् भन्ने पाठ घोकेका गोर्वाचोभले त्यहाँ मध्यमवर्ग सबैभन्दा बढी देखेको कारणले अचम्म मानेर ओहो भनेछन् । के यसले मानिसको इन्द्रियको सीमितताले ज्ञान पनि एक हदभन्दा बढी नहुन सक्दछ भन्ने देखाएको होइन रु माक्र्स् विद्वान हुनुहुन्थ्यो तर उहाँमा पनि मानिसमा हुने इन्द्रियको सीमितता कायम थियो । उहाँले चरम पुूँजीवादी व्यवस्थामा मध्यमवर्गको विकास हुने कुराको कल्पना गर्न सक्नु भएन । यस अर्थमा मानिसका कमजोरीलाई स्वीकार गरिंदैन भने त्यो जनताको विचार पनि हुँदैन र त्यसले जनताको हितमा पनि काम गर्न सक्दैन । यो पक्षलाई लोकतन्त्रले राम्रोस��ग बुझेको छ र आत्मसात गरेको छ । कम्युनिष्ट व्यवस्था धरासायी हुनुको कारण यसले मानवीय कमजोरी बुझ्न नसक्नु वा आत्मसात् गर्न नसक्नु पनि हो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु