शनिबार, जेष्ठ २७, २०८०

उपप्रम सिंह र बेलायती राज्यमन्त्री स्वाइनबीच भेटवार्ता

काठमाडौ भाद्र ११, उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र बेलायती विकास राज्यमन्त्री डेसमोन्ड स्वाइनबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सिंहको कार्यकक्षमा आज भएको भेटवार्तामा संविधान निर्माण, नेपालको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा बेलायती 11896013_10153582320982329_6217614119429358443_nराज्यमन्त्री स्वाइनले चासो राखेको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिनुभयो । भेटका क्रममा राज्यमन्त्री स्वाइनले भूकम्पपछिको नेपालको पुनःनिर्माणका सम्बन्धमा भएका गतिविधिका विषयमा समेत जानकारी लिनुभएको थियो ।

पुनःनिर्माण प्राधिकरणले सुरु गरेको कामका विषयमा 11923239_10153582321302329_6851802301203784692_nपनि स्वाइनको चासो राख्नुभएको थियो । उहाँले आगामी दिनमा पनि नेपालको विकासमा सहयोग गर्ने आश्वासन दिनुभएको लामिछानेले बताउनुभयो । स्थानीय विकासमन्त्री सिंहले बेलायतबाट हालसम्म भएको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो । मन्त्री सिंहले बेलायतको सहयोगका लागि राज्यमन्त्री स्वाइनलाई धन्यावादसमेत दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु