बिहिबार, मंसिर १४, २०८०
Dashain

आयोगद्दारा सरकारको ध्यानाकर्षण

काठमाडौं श्रावण २७, राष्ट्रिय मानवअधिकार आयोगले प्रदेश सिमाङकन प्रति असहमति जनाउँदै मोफसलमा भएको प्रदर्शनका सिलसिलामा आवश्यक संयमता अपनाउन सरकार र प्रदर्शनकारीलाई आग्रह गरेको छ ।

2013-09-16-1379328691अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको र केही नागरिक घाइते भएको घटनाप्रति संवेदनशील रहँदै सार्वजनिक सम्पत्ति तोडफोड नगर्न र घटनालाई थप हिंसात्मक नबनाउन आयोगले मङलवार विज्ञप्तिमार्फत यस्तो अनुरोध गरेको हो ।

त्यस्तै आयोगद्दारा जारी विज्ञप्तिमा तत्काल घाइतेको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिँदै सीमाङ्कनविरुद्ध मध्यपश्चिम तथा सुदूरपश्चिमका जिल्लालगायतमा आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न आन्दोलनरत पक्षलाई आग्रह गर्दै वार्ता र संवादका माध्यमबाट मुलुकमा जारी असहज परिस्थितिको समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु