शनिबार, मंसिर १७, २०७९

आज घण्टाकर्ण पर्व मनाइदै

काठमाडौं श्रावण २७, प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व आज मनाइँदैछ । घण्टाकर्ण पर्वलाई नेपालभरका 1000018_508646175873026_104470595_nनेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् ।

परापूर्वकालमा दोबाटो चौवाटोमा वसेर जे पायो त्यही खाने र वाटो हिड्ने मानिसलाई अनावसनाव दुख दिने घण्टाकर्ण गठामङगल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाइन्छ । आजैको दिनमा सानासाना वालवालिकाले खेल्ने गरेको पुतलीहरुको पनि विसर्जन गर्ने परम्परा रहिआएको छ भने यो पर्व भक्तपुर र काठमाडौंमा विशेष रुपमा मनाईने गरिन्छ ।