काठमाडौं श्रावण ३०, आजबाट काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउँने गुँला पर्व शुरु भएको छ । विशेषगरी उपत्यकाका नेवार समुदायले मनाउँने यो पर्वमा सर्वेभवन्तु सुखिन, सर्वे सन्तु निरमया सर्वेभद्राणी पश्यन्तु मा कस्चिद दु : ख भाग्जन भन्ने मुलमर्मलाई आत्मासात गर्दै यो पर्व बौद्ध धर्मावलम्बीले एक महिनासम्म चैत्यको बाजागाजासहित पूजाआजा गरी मनाउने गर्दछन् ।