काठमाडौं भाद्र ७, नेपालको संविधानमा प्रस्तावित सिमाङकनको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गरिएको अनिश्चितकालीन बन्दका कारण धनुषाको जनजीवन प्रभावित भएको छ ।
विगत एक साता भन्दा लामो सयम यतादेखि नियमित बन्दको मार खेप्दै आएका स्थानीयका अनुसार बन्दका कारण सार्वजनिक यातायातका साधन ठप्प भएपछि आफुहरु अलपत्र अवस्थामा रहेको बताएका छन यात्रुहरू आफ्नो गन्तव्यमा पुग्न पैदल हिँड्न वा महँगो रिक्सा भाडा तिर्न बाध्य भएको त्यहाँस्थित हाम्रा सहकर्मीहरुले जनाएका छन ।
त्यस्तै बन्द समर्थक दलले बिहानैदेखि चोकमा टायर बालेर जनकपुरको मुख्य चोक र सडकमा विरोध प्रदर्शन गरिरहेका छन् । त्यस क्रममा धनुषा जिल्लाका सरकारी कार्यालयको कामकाजसमेत मोर्चाका कार्यकर्ताले बन्द गराएको जनाएको छ ।