शनिबार, बैशाख ८, २०८१

विश्वकै काष्ठकलाको उत्कृष्ट नमुना काष्ठमण्डप पुनर्निर्माणबारे सरोकारवालावीच छलफल

(पहिले )
(अहिले)

काठमाडौं श्रावण १३, गत बैशाख १२ को महा भूकम्पका कारण भग्नावशेषमा परिणत भएको एतिहाँसिक काष्ठमण्डप पुनर्निर्माणका लागि त्यसको ऐतिहासिक महत्व र वास्तुकलाको पहिचान गर्दै राजधानीमा एक विशेष छलफलको आयोजना गरिएको छ । काष्ठमण्डप पुनर्निर्माण अभियान २०७२ ले सरोकारवालाबीच वसन्तपुर, प्याफलमा मंगलबार काष्ठमण्डपको पुनर्निर्माण बारे विचार गोष्ठी आयोजना गरी त्यसबारे छलफल गरेको सुरु गरेको हो।
छलफलमा कार्यक्रममा पुरातात्विक  महत्व र त्यससँग जोडिएको इतिहास, वास्तुकलाको विषयमा संस्कृतिविद्, पुरात्तत्वविद आर्किटेक्चर लगायतका व्यक्तिहरुबमे सहभागिता रहेको थियो ।

यसैक्रममा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी काष्ठमण्डप विश्वकै काष्ठकलाको उत्कृष्ट नमुना रहेको उल्लेख गर्दै त्यसको मौलिक स्वरूपलाई जगेर्ना गर्दै पुनर्निर्माण कार्य अविलम्ब थालनी गर्नुपर्नेमा जोड दिनुभएको थियो। त्यस्तैगरि पुरातत्वविद साफल्य अमात्यले काष्ठमण्डप एक चर्चा शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै काष्ठमण्डपको वास्तुकला र काष्ठकलाका अन्य पक्षलाई राम्ररी अध्ययन अनुसन्धान गरेर मात्र पुनर्निर्माणको काम थालनी गर्नुपर्नेमा जोड दिनुभएको थियो।

कार्यक्रम अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आर्किटेक्चर डा.सुदर्शन तिवारी, डा.दिनेशराज पन्त, डा। मिलन शाक्य, प्रा.डा केदारभक्त माथेमालगायतले पुनर्निर्माण बारे आ–आफ्नो धारणा राख्नुभएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174