काठमाडौ श्रावण ४ , सल्यानलाई कला, साहित्य र संगीतको उर्वर भूमि बनाउदै, उत्कृष्ट प्रतिभा जन्माउने हाम्रो अभियान’ भन्ने नारासहित नेपाल बाल संगठन सल्यानले नयाँ प्रतिभा प्रष्फुटनका लागि सदरमुकाम खलंगामा दुई दिने बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ
। कार्यक्रम कविता, लोकगीत र नृत्य प्रतियोगितामा प्रतिस्प्रर्धा गराईएको थियो ।
त्यस्तै उक्त कार्यक्रमको लोकगीत गायन विधामा जीवनी बस्नेत पहिलो भएकी छन् । चन्द्रकला कवर दोस्रो र नोखिराम थापा तेस्रो भएका छन् । सरिता बुढाथोकीले सान्त्वना स्थान हासिल गरेकी छन् भने नृत्य विधामा शान्ता बस्नेत ,सरोज गिरी र मेनका परियारले क्रमस प्रथम दोस्रो र तेस्रो पुरस्कार प्राप्त गरेका छन । त्यस्तै शर्मिला चलाउने र मुना विकले भनेसान्त्वना पुरस्कार पाएका छन् । त्यस्तै कविता प्रतियोगितामा यसोदा लामिछाने पहिलो, प्रकाश वली दोस्रो र गीता शर्मा तेस्रो भए ।
कविता, लोकगीत र नृत्य प्रतियोगितामा पहिलो हुनेले ३ हजार नगद र प्रमाण पत्र पाएका छन् । दोस्रो हुनेले २५ सय र तेस्रो हुनेले २ हजार नगद तथा प्रमाणपत्र पाए । सान्त्वना स्थान हासिल गरेकाहरुलाई प्रमाणपत्रले सम्मान गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । यसैवीच पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आयोजकसंस्था नेपाल बाल संगठन सल्यानका अध्यक्ष ऋषिकेश जंग शाहले सबै विधामा आउदो बर्षदेखि ‘सल्यान तारा’ आयोजना गरी प्रतिभा प्रस्फुटन गराउने बताउँदै आगामी असोजको दोस्रो साता सल्यान महोत्सव आयोजना गर्ने योजना रहेको जानकारी दिनु भएको थियो ।